कपिलवस्तु गठबन्धन तोडियो : मनोनयन पछि खैलाबैला
दुइ शक्ती भएर जनतामाझ जाने गठबन्धन दलहरुको कपिलवस्तुको तहसनहस भएको छ । काग्रेस,माओवादी केन्द्र,नेकपा एस,लोसपा एकतर्फ रहदा एमाले जसपा राप्रपा लगाएतका दलहरु पनि गठबन्धन बनाए ।
कपिलवस्तुमा जसपा र लोसपालाई दुई गठबन्धनले दुई,दुई सिट छोडेर गठबन्धन गरेपनि पछिल्लो समय गठबन्धन दलहरुले आ आफै टिकट ल्याई उम्मेदवारी दर्ता गराएका छन् । कपिलवस्तुको क्षेत्र न ३ को(क) एमाले र (ख) जसपालाई बाडिएको थियो । (ख) मा जसपाका प्रदेश अध्यक्ष अशोक यादवले मनोनयन दर्ता गराए ।
(क) मा अर्जुन केसी र संघ तर्फ मंगल गुप्ताले मनोनय दर्ता गरि बाजा गाजा सहित र्याली निस्कीयो । केहि समय पश्चात गठबन्धन भएको क्षेत्र अर्थात क्षेत्र ३(ख) वाट एमालेले रजाउँ रहमानलाई टिकट दिएपछि खैलाबैला भयो ।
यता एकिकृत समाजवादी जिल्लामा शुन्य भएपछि दुई वटा प्रदेश क्षेत्रमा गठबन्धन विरुद्ध उम्मेदवारी दिएका छन् । पार्टीकै टिकट बाट कपिलवस्तु क्षेत्र १ (ख)मा फैजल खान र क्षेत्र न ३ (क) मा जिवलाल पौडेलले उम्मेदवारी दिएका छन् । कपिलवस्तु क्षेत्र न ३ (ख)मा माओवादी केन्द्रका नेता जिवन खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कपिलवस्तुमा एमालेले ९ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ । काग्रेसले ७ वटा निर्वाचन क्षेत्र र माओवादीले २ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























