वारेसनामामार्फत प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी दर्ता
डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ। वारेसनामामार्फत उनकी पत्नी आरजु राणाले उम्मेदवारी दर्ता गरेकी हुन्।
दिउँसो २:४५ बजे उनको उम्मेदवारी दर्ता भएको हो। देउवाको प्रस्तावक जिल्ला पार्टी सचिव हेमराज चटौत रहेका छन् भने समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन्।
संघमा एकमात्र क्षेत्र रहेको डडेल्धुरामा कांग्रेस सभापति बलिया उम्मेदवारको रुपमा रहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























