काठमाण्डाै – सत्ता गठबन्धनमा सामेल भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधि सभामा सात सिट पाउने सहमति भएको छ ।

सर्लाही २ मा चाहिँ मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिपत्रमा उल्लेख छ ।

सर्लाही २ मा गठबन्धनबाट माओवादीको चुनाव चिह्न लिएर नेपाल समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष महिन्द्रराय यादवले उम्मेदवारी दिँदै हुनुहुन्छ । त्यहाँ लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाएको छ । यादवले छोड्न नमानेपछि महतोले सत्ता गठबन्धनको साथ नपाउने हुनुभएको छ ।

यी हुन् लोसपाले टुङ्गो लगाएका उम्मेदवार
सप्तरी १ – जयप्रकाश ठाकुुर
धनुषा ३ – अनिलकुमार झा
महोत्तरी २ – शरदसिंह भण्डारी
महोत्तरी ३ – महन्थ ठाकुर
सर्लाही १ – रामप्रकाश चौधरी
सर्लाही २ – राजेन्द्र महतो
बारा ३ – प्रमोद गुप्ता
पर्सा १ – लक्ष्मणलाल कर्ण