नेपाल बहुभाषिक, बहुधार्मिक र साँस्कृतिक हुनु आफैमा नेपाली एकताकाे सन्देश हाे: नेसपा अध्यक्ष पुरी
विजयनगर।।
नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिले बडा दसैं शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ ।
हिन्दू हरुको मुख्य चाड बडा दसैं , शुभ दिपावली तथा छठ पर्वको अवसरमा आमा बुबा दाजु भाई, दिदी बहिनी, कर्मचारी सामजसेवि बुद्धिजिवि राजनीतिक दलका प्रतिनिधि तथा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण शुभकामना व्यक्त गरेको छ।
हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बडा दशैले हरेक नागरिकलाइ खुशी, उमङका साथै आर्थिक भारकै कारणले दशै कसैका लागि दशा नबनोस आफ्नो दक्ष अनुसार पर्बलाइ हरेकले भित्र्याउन सफल हुन सकुन भन्दै दशैको शुभकामना व्यक्त गरेको छ । चाडपर्बमा बजार र गाउँघर क्षेत्र भित्र बढी फोहर मैला होहल्ला जाड रक्सिको कारोबार र जुवातास खेल्ने घटना हुन सक्ने भन्दै कसैले गैरकानुनी रुपमा त्यस्तो नगर्नु हुन आग्रह समेत गरेको छ ।
ने. स .पाका जिल्ला अध्यक्ष राम निवास पुरीले चाड पर्व हामि सबै एक आपसमा हामि मिलेर मनाउदै समाज लाइ बिकासको बाटो तर्फ लैजानु पर्ने हुन्छ । नेपाल बहुभाषिक , बहु धार्मिक , बहु सास्कृतिक , रहे पनि यहाँ सम्पुर्ण नेपाली मिलेर बसेको कार्य आफैमा नेपाली एकता को सन्देश दिनु भएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























