भारतका लागि नेपालका पूर्वराजदूत आचार्य भन्छन्, राष्ट्रपतिको कदम स्वागतयोग्य
काठमाडौं : भारतका लागि नेपालका पूर्वराजदूत एवं संविधानविद् निलम्बर आचार्यले राष्टपतिको कदमको स्वागत गरेका छन्।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर आलोचना भइरहँदा उनले भने राष्ट्रपतिको कदमको बचाउ गरेका हुन्।
निर्वाचनको मुखमा सम्पूर्ण प्रक्रिया नअपनाई व्यापक विचारविमर्शलाई पन्छाई नागरिकताजस्तो विषयमा निर्णय गर्नु नै गलत भएको उनको प्रतिक्रिया छ।
कुटनीतिज्ञ समेत रहेका आचार्यले राष्ट्रपतिले सन्देशमा उठाएका प्रश्नको उपेक्षा गर्नु अर्को गल्ती भएको बताउँदै अब जे गर्छ चुनावपछिको संसदले गर्छ भन्दै टिप्पणी गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























