मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौं : मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले तोकिएको समयसीमाभित्रै मिटरब्याजी अपराध नियन्त्रणका उपाय सहितको प्रतिवेदन बुझाएको छ।
कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले सोमबार गृहमन्त्री खाणसमक्ष प्रतिवेदन पेश गरेका हुन्।
कार्यदलले नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट आई काठमाडौं माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ‘मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ सँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा वार्ता गरेको थियो।
देशैभर मिटरब्याजीको जालो फैलिएको अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडितबाट जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र उजुरी दर्ता गर्न कार्यदलले सार्वजनिक सूचना जारी जारी गरेको थियो।
हाल देशभरबाट गरी २२८९ उजुरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ ।
भदौ २६ गतेसम्म ती उजुरीमध्ये ५९ वटा फरफारक भइसकेका छन्। सातवटा उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको र अन्य सात वटामा प्रहरीद्वारा अनुसन्धान भइरहेको बताइएको छ। मिटरब्याजीविरुद्ध उजुरी दर्तालाई निरन्तरता दिँदै उजुरीउपर छानबिन गर्ने प्रक्रियालाई सम्बन्धित स्थानीय प्रशासनले तीव्रता दिएको छ।
कार्यदलले सबै प्रदेश र विभिन्न जिल्लामा पुगी पीडितहरु, स्थानीय जनप्रतिनिधिहरू, बैंक, वित्तीय संस्था तथा सहकारीका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय प्रशासनसँग छलफल तथा अन्तरक्रिया समेत गरेको थियो। कार्यदलले काठमाडौंमा समेत सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया गरेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























