समानुपातिक सांसदमा युवानेता शाहको नाम सिफारिस
कपिलवस्तु- आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेशसभाको निर्वाचनमा कपिलवस्तुको युवानेता नवाव शाहको नाम समानुपातिक सांसद तर्फ सिफारिस भएको छ । कपिवलस्तुको क्षेत्र नं ३ (ख) बाट सामनुपातिक तर्फ प्रदेश सांसदको लागि शाहको नाम सिफारिस गरिएको जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं ३ (ख) को क्षेत्रीय समितिले जानएको छ ।
विगत लामो समय देखी जसपा नेपालमा लाग्नुभएको नवाब शाहको नाम प्रदेश तर्फा समानुपातिक सांसद पदको रुपमा सिफारिस गरिएको छ । जसपाको युवासघंका नेता रहनु भएको शाह पार्टीको हरेक क्रियाकलापमा सक्रीय सहभागिता जनाउदै आउनु भएको छ । युवा नेता शाहले युवाको हकअधिकारको क्षेत्रमा विभिन्न संघ संस्थामा आबद्ध भई काम गरिरहनु भएको छ । शाहको नाम समानुपातिक तर्फ सिफारिस हुदाँ कपिलवस्तु बहादुरगन्जवासी खुसी भएका छन ।
पार्टीले मुल्यांकन गरी समानुपातिक तर्फ प्रदेश सांसदको रुपमा नाम समावेश गरेकोले नेता शाहले जसपाका नेताहरुलाई धन्यबाद समेत दिनुभएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























