कांग्रेसका नेता यादव र पूर्वमन्त्री साह एमाले प्रवेश गर्दै
जनकपुरधाम : नेपाली कांग्रेसका नेता सन्तोष कुमार यादव र पूर्वमन्त्री अरविन्द साह नेकपा एमाले प्रवेश गने भएका छन्। सोमबार यादव र साहलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले नेता शम्भु साहले जानकारी दिए।
यादवको धनुषा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभाका लागि टिकट पक्का भइसकेको उनले बताए। उनले कांग्रेसमा असन्तुष्टि जनाएका छन्। मंसिर ४ गते हुने आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट नेकपा एमालेको उमेदवार हुने तयारी गरेका छन्।
सोमबार उक्त क्षेत्रका करिब पाँच हजार नेता तथा कार्यकर्ता कांग्रेस पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने यादवले दाबी गरे।
यादव नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट सभापति पदमा आकांक्षी थिए। उनलाई कांग्रेस नेता विमलेन्द्र निधि निकट जोगी पञ्जियारले दोस्रो पटक हराएका थिए। यसअघि उनी पार्टीका जिल्ला सचिव हुँदै उपसभापतिसम्म निर्वाचित भएका थिए।
अधिवेशनमा देखिएको मतभेदले यो अवस्था आएको कांग्रेस नेताहरुको भनाइ छ। सोही कार्यक्रममा कांग्रेस नेता यादवसहित विभिन्न पार्टीका नेता-कार्यकर्तालाई एमालेमा भित्र्याउने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























