सत्तारुढ गठबन्धन कार्यदलको बैठक : शीर्ष नेतालाई आजै प्रतिवेदन बुझाउने
काठमाडौं : सत्ता गठबन्धन कार्यदलको बैठक बुधबार पनि बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजेका लागि बोलाइएको छ।
कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने बताएको छ।
यसअघि मंगलबार साँझ बसेको कार्यदल बैठकले चुनावी तालमेल र सिट बाँडफाँड बुधबार नै टुङ्ग्याउने निर्णय गरेको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।
उनले सिट बाँडफाँड सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिटै शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने बताए। दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाएको उनको भनाइ छ।
गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदल गठन गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























