काठमाडौं : मंसिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली अद्यावधिक गर्दै छ।

आयोगले विज्ञप्ति जारी गरी भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने जनाएको हो।

नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन र मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश नाम सच्याउन भदौ १३ देखि १६ गतेसम्मको समय दिइएको छ।

मृत्यु भएका एवं नागरिकता त्यागेका मतदाताको नाम नामावलीबाट हटाउन पनि १३ देखि १६ गतेभित्र निवेदन दिनुपर्ने आयोगले जनाएको छ।