सरकारका अंग र संवैधानिक निकायमाथि निरन्तर प्रश्न उठ्दा पनि संसदले केही गर्न सकेन : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
काठमाण्डाै – पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले संसद र सांसदहरुको भूमिकामाथि प्रश्न उठाउनु भएको छ । काठमाण्डौमा आयोजित ‘संविधान कार्यान्वयनः नयाँ संसदीय निर्वाचनको एजेण्डा’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारका सबै अंगहरु र संवैधानिक निकायहरुका काममाथि जनताले प्रश्न उठाउँदा समेत संसद र सांसदहरुले कुनै काम गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।
सांसदहरु नागरिकप्रति जवाफदेही नभएको, उनीहरुले सरकार र संवैधानिक निकायका कामहरुमाथि उठाएका प्रश्नहरुको जवाफ दिन नसकेर रक्षात्मक अवस्था रहेको पूर्वप्रधानन्यायाधीश श्रेष्ठले टिप्पणी समेत गर्नु भयो । संसद र सांसदहरुकै कारण जनआस्थामा विचलन आएको र राज्यका सबै अंगहरु क्षतविक्षत् अवस्थामा पुग्न लागेको उहाँको निष्कर्ष थियो ।
कार्यक्रममा राजनीतिक विश्लेषक एवम् प्राध्यापक कृष्ण खनालले देशमा परिवर्तन चाहने हो भने पटक–पटक प्रधानमन्त्री हुने खालका पात्रहरुलाई अवको चुनावबाट नागरिकले बिदाइ गर्नुपर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























