निलम्बित प्रधानन्यायाधीशविरुद्ध महाभियोग सिफारिस समितिको तेस्रो बैठक आज
काठमाडौं : महाभियोग सिफारिस समितिको बैठक बुधबार पनि बस्दैछ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको तेस्रो बैठक दिउँसो २ बजे बस्ने भएको हो।
मंगलबार बसेको बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ। समितिले २९ भदौभित्र जबरामाथि लागेको महाभियोगबारेअध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको हो।
प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो। बैठकमा हिजो प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रस्तावित कार्यतालिकाको समय छोट्याएर भदौ २५ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने धारणा राखेको थियो। यो विषयमा बुधबार थप छलफल हुनेछ।
२०७८ फागुन १ मा प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाभियोगउपर अध्ययन गर्न २१ फागुनमा सिफारिस समिति गठन गरेको थियो। समितिले जबराको विषयमा अध्ययन गर्ने जिम्मेवारी साउन २२ गते पाएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























