एउटै व्यक्ति १ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री र ३ पटक भन्दा बढी मन्त्री हुन नपाउने व्यवस्था हुनुपर्छ : विश्वप्रकाश शर्मा
काठमाण्डाै – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राख्नु भएको हो । शनिबार काठमाण्डौमा आयोजित युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले राजनीतिलाई सिंहदरबारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटकपटक दिन नहुने तर्क गर्नु भयो ।
उहाँले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने पनि बताउनु भयो । दलहरुले आ–आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एकअर्काप्रति दुश्मनी साँध्ने गरी अभिव्यक्ति दिन भने नहुने महामन्त्री शर्माले बताउनु भयो । महामन्त्री शर्माले युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको र त्यसका लागि देशमा काम भइरहेको दाबी समेत गर्नु भयो । उहाँले जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























