काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शनिबार पनि बस्ने भएको छ।

दिउँसो १ बजे पार्टी कार्यालय कोटेश्वर पेरिस डाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ।

यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो ।

प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भए पनि निष्कर्ष निस्कन बाँकी रहेको बताए।

शनिबारको बैठकले यस विषयलाई टुंग्याउने दाबी गरे।