माओवादी स्थायी समिति बस्दै, बाबुरामसँगको सहकार्यबारे छलफल हुने
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ।
बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो। बैठकमा जिम्मेवारी बाँडफाँड, समसामयिक राजनीति र आगामी चुनावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ।
नेता मात्रिका यादवका अनुसार बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपासँगको सहकार्यको विषयमा पनि छलफल हुने छ। डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनावमा जाने सहमति गरेको बताइएको छ।
यसैबीच आजै माओवादीले निर्वाचन आयोगमा आगामी निर्वाचनका लागि दल गर्ने भएको छ। हालसम्म निर्वाचन आयोगमा ६२ दल आयोगमा दर्ता भएका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















