तालमेलकाे खाका टुङ्ग्याउन सत्ता गठबन्धनले वैशाख ४ गतेसम्मकाे समय ताेक्याे
काठमाण्डाै – सत्तारुढ गठबन्धनले पालिकाको चुनावमा गर्ने तालमेलको खाका टुङ्ग्याउन वैशाख ४ गतेसम्मको समयसीमा तोकेको छ ।
आज मङ्गलवार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पालिकामा हुने तालमेल टुङ्ग्याउन जिल्ला समितिलाई वैशाख ४ गतेसम्मको समय दिएको बैठकमा सहभागी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।
यसअघि चैत मसान्तभित्र तालमेल टुङ्ग्याउन समय दिइएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























