कृष्णनगर वडा नं १० देखि वडा अध्यक्षमा घनश्याम चतुर्वेदीले उमेदवारी दिने
कपिलवस्तु,।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० बस्ने समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका घनश्याम प्रसाद चतुर्वेदीले स्थानीय चुनावमा वडा नं १० बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । चतुर्वेदीले करिब ३८ वर्ष देखि शिक्षक पेशामा रहि शिक्षा क्षेत्रमा योगदान दिनुका साथै वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएका छन्।
चतुर्वेदीले चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकास जस्तै बाटो, नाली, ढल निकास, किसानको लागि समयमा मल खाद बीउ ,सिचाइ , स्वास्थ , शिक्षामा बढी जोड दिनुका साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा वसीको मन जित्ने बताउनुभयो ।
आफूलाई वडाका जनता बाट पटक पटक दबाव आइरहेको ले जनताको इच्छा अनुसार नै स्थानीय तहको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने चतुर्वेदीले बताएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























