जनताकाे हक र अधिकारकाे पक्षमा काम गर्ने एक मात्र पार्टी एमाले हाे : अधिकारी
धनी राम काेरी
महाराजगन्ज : नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य एवम् कपिलवस्तु जिल्ला इन्चार्ज बलराम अधिकारीले जनताकाे हक र अधिकारकाे पक्षमा काम गर्ने एक मात्र पार्टी एमाले रहेको बताए ।
महाराजगन्ज नगरपालिका मा नेकपा एमाले पार्टी कार्यालय मा अायाेजिक कार्यक्रममा नेपालमा नेकपा एमाले एक मात्र यस्तो पार्टी रहेको बताएका छन् । २० बर्ष मा नभएको काम एमालेले ३ बर्षमा गरेको अरु पार्टीका नेता र कार्याकर्ताले भनिरहेका छन् । तर अाम जनताको बीचमा फेरि भरमा फैलाइ रहेका छन । नेकपा एमाले सिद्धान्त अनुसार चालिएको छ ।
महाराजगन्ज नगर कमिटी अध्यक्ष निजामुद्दिन खां ले भने कि महाराजगन्ज नगरपालिका भित्र का सबै नेकपा एमाले का उमेदवारहरुलाई जिताउन काे लागि कार्याकर्ताहरु अग्रह समेत गरेका छन् । नेकपा एमाले गरेको काम लाई जनताहरुलाई बुझाउन समेत भन्नू भयो ।
उक्त भेटघाट कार्यक्रममा जिल्ला सह- इन्चार्ज सुशील कुमार श्रीवास्ताव , कृष्णनगर नगरपालिका का इन्चार्ज शिव प्रसाद जयसवाल , महाराजगन्ज नगरपालिका इन्चार्ज अब्दुल मावुद खां , सह- इन्चार्ज शिव राम खड्का , अखिल नेपाल पिछडावर्ग महासंघ का केन्द्रीय सदस्य अभिषेक मणि यादव लगायत अन्य व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।
महाराजगन्ज नगरपालिका का नगर सचिव संताेष त्रिपाठी ले कार्यक्रम संचालन गर्नु भएको थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























