भारतको चुनावका लागि नेपाल-भारत सीमा नाका ७२ घण्टाका लागि बन्द
कञ्चनपुर — भारतको उत्तराखण्डमा हुने विधानसभाको निर्वाचनका लागि शुक्रबारदेखि नेपाल-भारत सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।सोमबार हुने विधानसभाको निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि गड्डाचौकी नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेयले बताए ।
पाण्डेयका अनुसार नाका बन्द गरिएको अवधिमा एम्बुलेन्स लगायत अन्य बिरामी र आपतकालीन कामका लागि प्रवेश गर्न पाउने भए पनि रोजगारी र दैनिक किनमेलका लागि भने पूर्ण रुपमा आउजाउ बन्द गरिएको छ । भारतबाट घर फर्किनेको हकमा भने कुनै अवरोध नभएको प्रजिअ पाण्डेयले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























