नेकपा एमालेले आज मुलुकभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज मुलुकभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दैछ।
संगठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुनेछन्। त्यसका लागि देशभर आज एकैसाथ एमालेले चुनाव गर्नेछ। एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन् ।
कति पय स्थानमा यसअघिनै सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन्। प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना चयन गर्ने व्यवस्था छ ।
सो संख्यामा ८ सयसम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना चयन हुनेछन्। ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुनुपर्नेछ ।
देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि सो संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना निर्वाचित हुनेछन्
भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रतिनिधित्व हुने छ । यसरी महाधिवेशनका लागि कुल १ हजार ९ सय ९९ प्रतिनिधि चयन हुने एमालेले जनाएको छ।
एमाले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























