पाँचथर – नेकपा (एमाले) को संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौती दिनुभएको छ ।

एमालेको फिदिम नगर अधिवेशनलाई सम्बोधन गर्दै आज बुधवार नेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै फलानोले हेप्ने गरेकाले पार्टीमा बस्न सकिएन भन्ने कुरा गरेर, विना विचारधारा, दर्शन र कार्यक्रमविना पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पार्नुभयो ।

‘माधव नेपालसँग गएका १४ सांसदहरू गैरकानुनी हुन्’, नेम्वाङले भन्नुभयो, ‘त्यस्ता सांसदहरूबाट निर्माण भएको पार्टी पनि असंवैधानिक छ ।’

एक अर्काे प्रसङ्गमा उहाँले नेपाली नागरिकले पत्याएको पार्टी एमाले मात्र भएको दाबी गर्दै एमालेबाहेकको परिकल्पनासम्म गर्न नसकिने बताउनुभयाे ।