नेकपा माओवादी केन्द्रको आउँदाे राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हुने
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आउँदाे राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हुने भएको छ । नेकपा माओवादी केन्द्रको आज मङ्गलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाण्डाैमा गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउँदाे पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूका सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुङ्गो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।
बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि प्रवक्ता महराले जानकारी दिनुभयो । बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमति कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने कुरा भएको पनि उहाँले बताउनुभयो ।
माओवादी केन्द्र न्यायालयभित्रको विवाद न्यायालय आफैँले टुङ्ग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराको भनाइ छ । माओवादी केन्द्रका प्रवक्ता महराले पाँच दलीय गठबन्धन समन्वय समिति सरकारलाई सहयोग गर्न र संविधानलाई ट्र्याकमा डोर्याउनका निम्ति आवश्यक रहेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























