कपिलवस्तु । नेकपा माओवादी केन्द्र परित्याग गरि कपिलवस्तुमा प्रभावशालि नेता हरु एमाले प्रवेश गरेका छन । नेकपा माओवादीका जिल्ला कमिटी सदस्य तथा शिबराज नगरपालिकाका प्रभावशाली नेता मक्सुद मुसलमान र माओवादी केन्द्र शिबराज नगर कमिटी सचिवालय सदस्य रोजन मुसलमान एमालेमा प्रवेश गरेका छन ।

No description available.

रोजन मुसलमान गएको स्थानीय चुनाबका शिबराज नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उम्मेदवार हुन । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष झबिलाल पोख्रेल र एमालेका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज बिमला घिमिरेले अबिर र खादा लगाइ उनिहरुलाइ एमाले प्रवेश गराएका हुन ।

No description available.

नेकपा माओवादी केन्द्र शिबराज नगरपालिकाकै दुई खम्बा एमाले प्रवेश गरे पछि माओवादी कपिलवस्तुलाई ठुलो धक्का लागेको छ ।