विजयनगर अनलाइन, विजयनगर
राम प्रकट कोरी

कपिलवस्तुको विजयनगरमा जनता समाजबादी पार्टी नेपालको भेला सम्पन्न भएको छ । विजयनगर पालिका स्तरीय भेला वडा न ६ को प्रेमनगर हरिबोध विद्यालयको प्राङ्गणमा शनिबार सम्पन्न भएको जसपा गाउँ समिति अध्यक्ष सन्त राम तेलीले जानकारी दिनु भएको छ।

कार्यक्रममा जसपा नेपाल केन्द्रिय कार्यकरिणी सदस्य  मोहम्मद इस्तियाक राईले मधेस आन्दोलन बाट अधिकार प्राप्त भएको  बताउनु भएको छ ।आज विजयनगरमा  भेलामा बोल्दै  हरेक क्षेत्रमा  ग्यारेन्टी , सुनिस्चित  रहेको थिएन जुन मधेस आन्दोलनबाट प्राप्त भएको बताउनु भयो । अगामी दिनमा पार्टीले हक अधिकारको लागि न्याय  दिलाउन  आवश्यक रहेको जसको पैरवी जसपा नेपालले गर्ने   राइले बताउनु भयो ।

कार्यक्रममा जसपा नेपालको केन्द्रीय कार्यकरिणी सदस्य नरसिंह चौधरीले मधेस आन्दोलनले परिवर्तन ल्याएको बताउनु भएको छ । मधेस हकहितको एक मात्र पार्टी जसपा नेपाल रहेकोेले यसमा गोलबद्द हुन आग्रह गर्नु भयो । प्रदेश इन्चार्ज दान बहादुर चौधरीले पार्टीलाई थप मजबुतको लागि सबैले साथ दिइ सहयोग गर्नु पर्ने बताउनु भएको छ । अगामी चुनावमा बहुमत सहित जित हुने समेत दाबी गर्नु भयो ।

प्रदेश अध्यक्ष अशोक कुमार यादवले कसैको प्रलोभनमा नपरि सचेत रहनु पर्ने बताउनु भएको छ । विजयनगरमा गठित कमिटीको नाम घोषणा गर्दै नडराइ भ्रष्टाचार विरुद्ध डटेर सामाना गर्न बताउनु भयो ।

उत्पीडित, शोषितहरुलाई न्याय दिलाउन एक मात्र पार्टी  जसपा नेपाल रहेकोे प्रदेश योजना आयोग सदस्य शिवपुजन यादवले बताउनु भयो ।
जसपा समाजबादी जिल्ला उपाध्यक्ष राम निवास पुरीले धानबालीको क्षतिपूर्तिको लागि  नेताहरुले थप पहल गर्न आग्रह गर्नु भयो । किसानको पिडामा पार्टी सरिक भइ क्षतिपूर्ति  बाड्दा सर्वदलीयको निर्णयलाई व्यवस्थापन गर्न मा जोड दिनु भयो ।

राज कुमार चौधरी, अकरम पठान लगाएत नेताहरुले सम्बोधन रहेका थिए । कार्यक्रममा सांस्कृतिक प्रस्तुति गरिएको थियोे । कार्यक्रम विजयनगर गाउँ समितिको अध्यक्ष सन्तराम तेलीको अध्यक्षता सचिव अशोक जैसवाल को संचालनमा सम्पन्न भएको  थियो ।