शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेति,नेकपा एमालेमै रहेको थारूकाे भनाई
संजिव गहतराज । शिवराज नगरपालिका वडा न १ निवासी राधेश्याम थारूले आफू नेकपा एमाले मै रहेकाे बताउनु भएकाे छ। सामाजिक संजालमा आफुलाई जानकारी नगराई नेकपा एकीकृत समाजबादी पार्टी शिवराज नगर कमिटि अध्यक्ष पदमा नाम आयकाे प्रति झुटा भएकाे थारूले बताउनु भएकाे छ । आफू नेकपा एमालेकाे शिवराज नगरपालिका वडा न १ वडा कमिटि सदस्य र टाेल कमिटि अध्यक्ष भएकाेले जानकारी विना कार्यक्रममा बाेलाई एक्कासि टीका लगाईदिएकाे प्रति तुरून्त असहमति राखेर कार्यक्रमबाट निस्केकाे थारूले बताउनु भयाे ।
यस अघि पनि नेकपा एमाले तर्फबाट शिवराज नगर कार्यपालिका सदस्य निर्मला वि.क लाई जिल्ला निर्वाचन कार्यलयमा नेकपा एकीकृत समाजबादी पार्टी दल राेज्ने अन्तिम समयमा झुक्कायर हस्ताक्षर गरायकाे समाचार तयार पारेकाे थियाै । यस्ता निच हर्कत प्रति सबै सजक बन्नुपर्ने नेकपा एमाले शिवराजका नेताहरूले कार्यकर्तालाई अनुराेध गरेका छन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























