संजिव गहतराज। शिवराज नगरपालिका कार्यपालिका सदस्य निर्माला सुनारले बेग्लै काम छ भनि परिवन्दमा पारी हस्ताक्षर गरेकोले आफु नेकपा एमाले पार्टिमा नै रहेको एक प्रेस विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।
विगत लोमो समय देखि नेकपा एमालेको विचार मुल्य मान्यता र सिद्धान्त प्रति प्रतिबद्ध रहेकोले पार्टी विभाजनामा लागेका ब्यक्तीहरुले म बेग्लै सन्र्दभमा तौलिहवा गएको बेला निर्वाचन कार्यालयमा काम छ भनि लगेको र परिवन्दमा पारि कागजमा हस्ताक्षर गराएको विज्ञप्तीमा उल्लेख गरिएको छ । गत स्थानीय निर्वाचनमा शिवराज नगरपालिका वडा न ८ निवासि सुनार शिवराज नगर कार्यापालिका सदस्यमा नेकपा एमालेको तर्फबाट निर्वाचित हुनुभएको हो ।
आफु घरमा आई सके पछि एका एक समाचार माध्यममा नेकपा एमाले पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टीमा गएको भन्ने समाचार प्रति गम्भीर ध्यानकार्षण भएको भन्दै सो प्रयोजनका लागि हस्ताक्षर नभएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।