शान्तिमा अग्रदुत भगवान गौतम बुद्वको जन्मस्थल कपिलवस्तुको पश्चिमि क्षेत्रमा अवस्थित एतिहासिक स्युराज क्षेत्रमा नेपाल अंग्रेज युद्धमा प्रयोग गरिएको शिवगढी किल्लाले समेत यो क्षेत्रको एतिहासिक महत्व जनाउछ । त्यहि स्युराज तपकाको नाम वाट नामाकरण गरिएको शिवराज नगरपालिकाका नेपाल सरकारको मिति २०७१/०१/२५ गतेको निर्णय बाट साविकका शिवपुर,बिरपुर,चनइ,जभावारी,बिशनपुर गाविसको क्षेत्रफल वाट समेटेर स्थापना गरिएको हो ।
नेपाल सरकार २०७३/११/२७ गतेको निर्णयले शिवगाढी,थुनिया र लालपुर गाविसलाइ गाभेर हालको शिवराज नगरपालिका बिस्तार गरिएको हो । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछी शिवराज नगरपालिकाले ४ बर्ष ब्यातित गरेको छ ।
यस बिचमा नगरपालिकाको बिकाश नभएको हैन,बिकाश भएको छ तर नगरपालिका भए पश्चात् पहिलो जन निर्वाचित जनप्रतिनिधिले दिर्घकालीन रुपमा अर्थ राख्न सक्ने खालको योजनाहरु कती समाबेश भए भन्ने बारे समयले नै मुल्यांकन गर्ने छ । यो समय देखिने गरि साविकका गाविशहरुलाई जोड्नको निम्ति सडक निर्माण,पुल निर्माण ,वडा कार्यालयहरु,बिद्यालयका भवनहरु निर्माण भएका छन ।
यो कार्य स्रहानिय छन । अहिले हामी स्वास्थ्य क्षेत्रमा कोभिड कोरोना भाइरसबाट बिस्वस्तरमै ठूलो समस्या सग लडिरहेका छौ । यहि समयमा शिवराज नगरपालिकाले नगरसभा तयारी पनि गरिरहेको छ । अब शिवराज नगरपालिकाले दीर्घकालीन महत्त्व राख्न सक्ने गरि नगरसभा बाट नीति तथा कार्यक्रम तयार पार्नको लागि केही सुझाव सहित राय राखि रहेको छु ।
१) स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राखेर कर्मचारीको मनोबल उच्च हुने गरि शत प्रतिशत भत्ताको ब्यवस्था हुनु पर्दछ । साथै स्वास्थ्य कर्मचारीहरुको बिमा साथै कामको शिलशिलामा कुनै दुर्घटना वा भवितव्यं भएमा परिवारको एक सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्दे १५ शैयाको हस्पिटल र १०० शैयाको सरुवा रोग अस्पताल तुरुन्त निर्माण गर्नुपर्दछ ।
२) शिवराज नगरपालिका भित्र दुई वटा पब्लिक क्याम्पस सचालनमा रहेका छन । अहिले सम्म क्याम्पस हरुमा भौतिक निर्माण बाहेक अन्य कुरामा सहयोग गरेको देखिदैन क्याम्पस सचालनको लागि भौतिक निर्माणले मात्र पुग्दैन तसर्थ कानुन बनाएरै भएपनि प्राध्यापकहरुको व्यावस्था गर्नु पर्दछ । कम बिद्यार्थी भएका बिद्यालयहरु मर्ज गरि गुणस्तरीय शिक्षाको निम्ति राम्रो गरिरहेका बिद्यालयका कर्मचारीलाई पुरुस्कार सहित प्रोत्साहन भत्ताको ब्यावस्था गर्नु पर्दछ ।साथै बिषयगत शिक्षक नभएको ठाँउमा शिक्षकको दरबन्दी मिलान गर्नुपर्दछ ।
३) कृषि क्षेत्रको लागि शिवराज नगरपालिकामा प्रसस्त उर्भर जमिन छ ।कृषि गर्नको निम्ति पहिलो प्राथमिकता सिचाँइ हो ।सिचाँइको अल्पकालीन व्यावस्था डिप बोरिङ,ट्युबवेल र दीर्घकालीन योजना सुरही,गद्वाघाट,बेलनदि, कन्चान्हिया जस्ता खोलामा बाध निर्माण गरि पानीको ब्यावस्था गर्नुपर्दछ ।जनताले उत्पादन गरेको खाद्य बस्तु स्थानिय सरकारले संकलन केन्द्र मार्फत खरिद गरि बिक्रि गर्ने व्यावस्था मिलाउन सकियो भने किसानले उत्पादन गरेको बस्तुको उचित मुल्य पाउना सक्दछ जसले किसानलाइ आत्मनिर्भर बनाउन सकिन्छ ।साथै मल बिउबिजन बिषादि खास किसानको पहिचान गरि शतप्रतिशत अनुदानको व्यवस्था हुनुपर्द्छ ।
४) युवाहरुलाइ रोजगार दिनको निम्ति उद्योग धन्दा,कलकारखानाहरुमा पहिलो प्राथमिकता स्थानीयहरुलाई दिने गरि कानुन निर्माण गर्नुपर्दछ । जसले गर्दा शिवराज क्षेत्रमा रहेका उद्योगहरुमा धेरै सख्यामा स्थानीय नागरिकहरुले रोजगार पाउने छन । उद्योग निर्माण लाई प्राथमिकता राखी नगरभित्र उद्योग स्थापना गर्नेलाई कर छुटको व्यवस्था हुनु पर्दछ ।
५)शिवराज नगरपालिकामा पर्यटकीय सम्भावना प्रवल भएकोले शिवगढी,सोनवागढ,उमरी गुफा,कणेश्वरी मन्दिर र मस्जिदहरु यहाका मान्याता बोकेका स्थलहरु हुन । शिवगढी मन्दिर दर्शन गर्न स्वदेश तथा बिदेश बाट पनि मानिसहरु आउने गर्दछ । रमुवादह र धानखोला बाट शिवगढी जानको निम्ति बाटो निर्माण गर्न प्रयाप्त बजेट बिनियोजन गर्नुपर्दछ । सोनवागढ पुग्न पक्की बाटो निर्माणको लागि बजेट व्यवस्था गर्नुपर्दछ । यस्त स्थलहरुको व्यापक प्रचारप्रसार गर्न सकियो भने मात्र यी स्थानहरु लाई पर्यटकिय स्थल बनाउन सकिन्छ ।
६) कोभिड १९ ले गर्दा ब्यावसायिहरु उठनै नसक्ने गरि थिचिएका छ्न । व्यावसायिहरु लाई लकडाउन अवधीको ब्याज छुट , कर मिनाह गर्नको लागि बिशेष पहल गर्नु पर्दछ ।
७) गरिबि रेखामुनि रहेका जनताको तथ्यांक सकलन गरि गाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगारको लागि नगर सभा बाट विशेष कानुन बनाइ कार्यन्वायन गर्नुपर्दछ ।
८) कोरोनाका कारण मृत्यु भएका कर्मचारीका घर परिवारलाई आर्थिक सहयोग सहित आमा बुवा गुमाएका बालबालिकालाई नगर कोष निर्माण गरि छात्रवृतिको व्यवस्था र संचार संस्था पनि अनुदानको व्यवस्था र समुदायमा निरिन्तर सुचना प्रबाह गरिरहेका सचार माध्यमलाई बोलियो बनाउन संचार नीति निर्माण गर्नु पर्ने देखिन्छ । यी बिषय नगरसभा बाट पारित गर्न सके सुखी नेपाली समृद्धि नेपाल को केही हदसम्म सपना पूरा हुने छ ।
लेखक यस क्षेत्रका नेकपा एमालेका युवा नेताहुन ।