शिवराजमा किशोरी माथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ
कपुरी,डेक्स।
कपिलवस्तु, असार २८ – कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा विद्यालयबाट घर फर्कंदै गरेकी एक किशोरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार मिति २०८३ असार २८ गते बिहान करिब ११:३० बजे विद्यालयबाट छुट्टी भई घरतर्फ फर्किने क्रममा मोटरसाइकलमा आएका तीन जनाले बाटोमा मोटरसाइकल रोकी किशोरीलाई जिस्क्याउने तथा अभद्र व्यवहार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको हो।
उजुरीका आधारमा शिवराज नगरपालिका–८ लोहोरौला निवासी २५ वर्षीय आलम मुसलमान, २५ वर्षीय मह आलम गद्दी र २५ वर्षीय अताहर मुसलमानविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
आरोपितमध्ये मह आलम गद्दीलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ भने अन्य आरोपितहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।
स्थानीयवासीले विद्यालय जाने-आउने विद्यार्थीहरूको सुरक्षामा विशेष ध्यान दिन तथा दोषीमाथि कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्। प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाइने जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















