प्रचण्डको एक अपीलमा हजारौँ युवा मर्न तयार भएको उनले स्मरण गरे। ‘प्रचण्ड उभिँदा देश हल्लिन्थ्यो। प्रचण्डको एक अपीलमा हजारौँ युवा युवती सहिद हुन तयार हुन्थे’, उनले भने, ‘तर अहिले उनको हैसियत माधव नेपालबिना कमण्डलु बोक्ने भएको छ।’
विप्लवले प्रचण्डले माधव नेपाल नभए आफू कमण्डलु बोक्ने भइ सक्थेँ भनेको स्मरण गर्दै उक्त दाबी गरेका हुन्। ‘माधव नेपाल नभएको भए त म कमण्डलु बोक्ने जोगी भइसक्थेँ भनेर प्रचण्डजीले भन्नु भएछ’, उनले भने, ‘आफ्ना सहिद परिवार छाड्ने, बेपत्ता परिवारलाई छाड्ने, किसान मजदुरको झुपडी बिर्सिने अनि अनि माधव नभए त जोगी हुन्थेँ भन्ने? यो प्रचण्ड सिद्धिएको हो कि होइन?’