Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

राष्ट्र निर्माणको लागि अब कांग्रेसको सभापतिमा उठ्ने प्रकाशमान सिंहको घोषणा


राष्ट्र निर्माणको लागि अब कांग्रेसको सभापतिमा उठ्ने प्रकाशमान सिंहको घोषणा

पार्टीको १४ औं महाधिवेशनमा नेतृत्वका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंह सशक्त दाबेदार हुन् । देशभर घुमेर आफ्नो पक्षमा माहोल बनाइरहेका उनले कोरोना महामारीको प्रतिकूल अवस्थामा पनि भित्रभित्रै तयारी तीव्र पारिरहेका छन् ।

काठमाडौँ — कांग्रेसको आसन्न महाधिवेशन नजिकिँदै गर्दा भावी नेतृत्वको विषयलाई लिएर संस्थापन र इतरपक्षबीचमा ध्रुवीकरण तीव्र बनिरहेको छ । आफ्नै नेतृत्वलाई १४ औं महाधिवेशनपछि पनि निरन्तरता दिने रणनीतिक योजनाका साथ सभापति शेरबहादुर देउवा अघि बढेका छन् । उनलाई चुनौती दिन भित्रभित्रै उपसभापति विमलेन्द्र निधि अघि बढ्न खोजेका छन् तर खुल्न सकेका छैनन् ।

इतरपक्षमा नेतृत्वका लागि होडबाजी छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफ्नो सम्पर्क कार्यालय खोलेरै गतिविधि अघि बढाइरहेका छन् । आफैं नेतृत्वमा अघि सर्ने वा अरू कसैलाई सघाउने उनले निर्णय लिइसकेका छैनन् । सभापति देउवाको पार्टी सञ्चालनको तदर्थवाद शैली र विधानविपरीतका गतिविधिमा सिटौला र पौडेल पक्षबीच समानता छ । तर, नेतृत्व चयन गर्ने सवालमा एकै ठाउँमा उभिन सक्छन् या सक्दैनन् भन्ने प्रश्न खडा छ ।

संस्थापनइतर पक्षमा नेतृत्वका आकांक्षीहरु आधा दर्जन देखिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबारको पत्रकार सम्मेलनमा देउवाबाट नेतृत्व फुत्काउन इतरसमूहबाट एउटै उम्मेदवार हुने दाबी गरे । सिटौलासमेत आफ्नो पक्षमा आउने दाबी उनको थियो । त्यसो भनिरहँदा सभापति उम्मेदवारका आकांक्षीहरु महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पनि सँगै थिए । के पौडेलले भनेजस्तै संस्थापनइतर पक्षमा एउटै उम्मेदवार होलान् त ? यसको निष्कर्षमा पुग्न अझै केही समय कुर्नुपर्ने धारणा राख्छन् पूर्वमहामन्त्री सिंह । सिंह आफैं इतर समूहका सशक्त दाबेदार हुन् । उनले आफ्नो दावा बलियो बनाउनका लागि भित्रभित्र तयारीसमेत तीव्र पारेका छन् ।

कस्तो छ त सिंहको तयारी ?

कोभिड–१९ संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गर्नुअघि नै कांग्रेस नेता प्रकाशमान सिंहले ७७ जिल्लाकै भ्रमण सकिसकेका थिए । त्यसपछि सुरु भएको प्रतिकूल परिस्थितिमा पनि चाक्सीबारीस्थित उनको निवासमा चहलपहल यथावत् रह्यो । सामाजिक सञ्जालमा अभ्यस्त नभएका सिंहका लागि घर नै कार्यकर्तासँग भिज्ने र अन्तरक्रिया गर्ने मुख्य माध्यम पनि थियो । बिहान ११ बजे चाक्सीबारी पुग्दा उनी कार्यकर्तासँगै थिए । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘बाहिर कार्यक्रम नपरेका दिन आएका सबै जनासँग भेट्छु, यस्तो क्रम बिहान ८ देखि १२–१ बजेसम्म पनि चल्छ ।’

सिंह निवास ‘चाक्सीबारी’ लोकतान्त्रिक आन्दोलनको इतिहाससँग पनि जोडिएको छ । कांग्रेसका संस्थापक एवं ०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहका धेरै सपना र योजना यही निवासमा तय भएका थिए । अहिले पनि नेता–कार्यकर्तामा गणेशमानको झझल्को उस्तै छ । त्यही झझल्को मेट्ने आदतले उनीहरूलाई यहाँसम्म डोर्‍याउने गर्छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

कृष्णनगरमा ३५ सदस्यि YCL तथा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा गठन

कृष्णनगरमा ३५ सदस्यि YCL तथा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा गठन

जसपालाई निर्णायक शक्ति बनाउनुपर्छ : उपेन्द्र

जसपालाई निर्णायक शक्ति बनाउनुपर्छ : उपेन्द्र

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

एमालेले राष्ट्रिय विज्ञान दिवसमा अन्तरक्रिया गर्दै

एमालेले राष्ट्रिय विज्ञान दिवसमा अन्तरक्रिया गर्दै

हरितालिका तीजको अवसरमा नेकपा एमालेद्धारा शुभकामना सन्देश लैंगिक विभेद रहित समाज निर्माणमा जोड

हरितालिका तीजको अवसरमा नेकपा एमालेद्धारा शुभकामना सन्देश लैंगिक विभेद रहित समाज निर्माणमा जोड

जनता संग माओबादी विशेष रूपांतरण अभियान विजयनगरको गणेशपुरमा सम्पन्न

जनता संग माओबादी विशेष रूपांतरण अभियान विजयनगरको गणेशपुरमा सम्पन्न

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline