Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

माओवादी केन्द्रद्धारा कोरोना विरुद्ध राष्ट्रिय एकताको आह्वान


माओवादी केन्द्रद्धारा कोरोना विरुद्ध राष्ट्रिय एकताको आह्वान
काठमाडौं । कोभिड–१९ को महामारीको अवस्थालाई रोकथाम तथा नियन्त्रणको सन्दर्भमा सरकारको कार्यशैली जनविरोधी भएको भन्दै नेकपा (माओवादी केन्द्र) ले त्यसको नियन्त्रणका लागि राष्ट्रिय एकताको अपरिहार्यता औल्याएको छ ।
प्रेस सेन्टर नेपालद्धारा आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजित बुढाथोकीले कोरोना विरुद्ध सरकार, सरकारका निकायहरु र आम नागरिकहरुबीचको राष्ट्रिय एकता अनिवार्य रहेको बताएका हुन ।
हुम्लाबाट निर्वाचित पूर्व संसद समेत रहेका माओवादी केन्द्रका महाससचिव बुढाथोकीले कोभिड १९ बाट उत्पन्न भएका समस्याहरु, त्यसको नियन्त्रणका लागि स्वास्थ्य, सञ्चार, सुरक्षा लगाएतका निकायले खेलेको भूमिका, आम नागरिकको अवस्था, सरकारले अबलम्बन गरेको रोकथाम नीति र भावि योजनालाई केन्द्रमा राखेर सबै पक्षबीच राष्ट्रिय एकता आवश्यक हुनेमा जोड दिए ।
उनले अहिले सिमित श्रोतसाधन र जनशक्तिले मात्र संक्रमितको उपचारमा काम गरेको भन्दै आफ्नो ज्यान, घरपरिवार, टोलछिमेकको दुव्र्यवहार सहदैं मानव सेवामा खटिएका स्वास्थ्यकर्मिहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको भन्दै प्रसंसा समेत गरे ।
सरकारको गैह्र जिम्मेवारीपूर्ण नीति र व्यवहारका कारण कोरोना विरुद्ध अग्रपंतिमा रहेर काम गरिहेका स्वास्थ्य, सञ्चार र सुरक्षा निकायको मनोबल घटेको भन्दै उनले आफ्नो पार्टीको तर्फबाट कोरोना विरुद्धको अभियानमा जुटेका सबैप्रति सम्मान तथा अभिनन्दन समेत व्यक्त गरे ।
अहिलेसम्म स्वास्थ्य उपचारका लागि अस्पतालमा क्रिटिकल केश सुपर स्पेलिष्टको दरबन्दी नभएको र त्यसमा एनथ्योसियर चिकित्सकले सेवा दिदै आएको कापरण पनि उपचार प्रकृया प्रभावकारी हुन नसकेको उनको भनाई थियो ।
उनले विगतका शासक वर्ग र वर्तमान केपी ओली सरकारले स्वासथ्य सेवालाई केही दलाल र माफियाहरुको मागिखाने भाँडो बनाएको भन्दै जनताको स्वास्थ्य सेवालाई निशुल्क र प्रभावकारी व्यवस्थापनमा ध्यान दिन आग्रह समेत गरे ।
सरकारले अवलम्बन गरेको नीतिले घरेलु हिंसामा बृद्धी भएको, इतिहासमै नभएको सिण्डिकेट, विभिन्न क्षेत्रमा विवियोजित बजेटमा चरम भ्रष्टाचार, तस्करी र सर्वसाधारण नागरिकमाथि अन्यायपूर्ण घटनाहरुले बढवा पाएको उनले आरोप लगाए ।
जनता यतिबेला सरकारको नीति, प्रशासनको कडाई र जीवन व्यवहारको दोहोरो संकटम भएको भन्दै उनले त्यसका विरुद्ध विभिन्न ठाउँठाउँमा विद्रोह हुने स्थिति आएको बताए । जनताको विद्रोह वा सरकारी नीतिको अवज्ञाको कारण कोरोना विरुद्धको अभियानमा जनतासहितको एकिकृत कार्यक्रम भएन भन्ने हो भन्दै त्यसका विषयमा प्रहरी प्रशासनले सरकरालाई सुझाव दिन सक्नुपर्ने बताए ।
उनले निषेधाज्ञा कोरोना नियन्त्रणको समाधान नभएको भन्दै नागरिकको भूमिका र जीवनयापनको विषय समेत जोडिने गरी कोरोना विरुद्धको राष्ट्रिय एकता कायम गरेर अघि बढ्न सरकारलाई सुझाव समेत पेश गरे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

सांसदको कार्यशैलीप्रति सन्तुष्ट छैनन् केसी : भन्छन्, क्षमता नै कमजोर छ

सांसदको कार्यशैलीप्रति सन्तुष्ट छैनन् केसी : भन्छन्, क्षमता नै कमजोर छ

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै

नाम मात्रको आयोग बनाउन खोजेपछि बिच्कियो एमाले, जुटेन सहमति

नाम मात्रको आयोग बनाउन खोजेपछि बिच्कियो एमाले, जुटेन सहमति

मुक्ति समाज विजयनगरकाे बैठक सम्पन्न : असाेज १४ गते प्रशिक्षण भेला गर्दै

मुक्ति समाज विजयनगरकाे बैठक सम्पन्न : असाेज १४ गते प्रशिक्षण भेला गर्दै

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline