Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

प्रचण्ड र म बीचको असमझदारी मिलिसक्यो कोरोनाले हात मिलाउन पाएको छैन मन मिलिसक्यो


नेकपा विभाजन नहुने, ओली पाँचै वर्ष प्रधानमन्त्री रहने: यसरी टर्‍यो संकट
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ठीक ढंगले अघि बढिरहेको बताएका छन्। पत्रकार ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनमा शनिबार साँझ भएको संवादका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
‘सरकार ठीक ढंगले चलेको छ। हामी ठीक दिशामा अघि बढिरहेका छौं। कसलाई कतिखेर मन पर्दै त्यो त म भन्‍न सक्दिनँ’, उनले भने, ‘पार्टीमा बाहिर भने जस्तो विवाद थिएन, सरकारलाई कसैले असहयोग गरेको भन्‍ने कुरा पनि होइन।’ उनले प्रधानमन्त्रीले मनपरी गरेको भन्‍ने कुरा गलत भएको बताए। ‘प्रधानमन्त्रीले मनोमानी गर्‍यो भन्‍नेहरुले पहिलो कुरा बुझ्नुपर्छ हाम्रो संसदीय प्रणालीबारेमा’, उनले भने, ‘प्रधानमन्त्री कार्यकारी हो भन्‍ने कुरा बुझ्‍नुपर्छ। पार्टीले नीतिगतरुपमा सरकार चलाउँछ। तर सीधै हस्तक्षेप गर्ने होइन।’ नेकपाका अध्यक्ष समेत रहेका ओलीले पार्टीले सबै कुरामा हस्तक्षेप गर्ने हो भने मन्त्रिपरिषद्कै आवश्यकता नहुने बताए।
‘पार्टीले नै सबै हस्तक्षेप गर्ने हो भने किन मन्त्रिपरिषद्‍ बनाउनु? किन प्रधानमन्त्री बनाउनु? सरकारका नाममा पार्टीकै सचिवालय भए भइगयो नि’, उनले भने, ‘पार्टीले नै सबै कुरा गर्ने हो भने किन मन्त्रिपरिषद् चाहियो? हामीले हाम्रो शासन प्रणाली र सिस्टम बुझ्‍नु आवश्यक छ।’ उनले प्रधानमन्त्रीका हैसियतले सबैका कुरा सुन्‍ने पनि बताए। ‘हाम्रो शासन प्रणालीमा निर्णय कहाँ र कसरी हुन्छ थाहा पाउनुपर्छ। प्रधानमन्त्रीले सबैका कुरा सुन्छ। तर निर्णय आफ्नो विवेकले गर्छ’, उनले भने, ‘जसले पनि जे पायो त्यही बोल्ने गरेका छन्। त्यो ख्याल गरौँ।’ प्रधानमन्त्री ओलीले पार्टीमा समस्या देखिनुपर्ने कुनै कारण नभएको बताए।
‘सरकारमा समस्या देखिनुपर्ने कुनै कारण नै छैन। अहिले नेताहरुबीचमा देखिएको असमझदारी कसरी अन्त्य गर्ने? भनेरै कार्यदल बनेको हो। हामीले विधिलाई ठीक बाटोतिर लाने काम गरेका छौं’, उनले भने। उनले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबीचको विवाद मिलिसकेको बताए।
‘प्रचण्ड र तपाईंबीच रहेको असमझदारी मिलेको छ। प्रचण्ड र म बीचको असमझदारी मिलिसक्यो’, उनले भने, ‘मन मनै हात मिलाउने हो भने मिलाउन सकिन्छ। कोरोनाले गर्दा प्रचण्डजीसँग हात मिलाउन पाएको छैन।’ उनले नेकपामा केही अन्तरविरोध भएको स्वीकारे । ‘यो बीचमा केही अन्तरविरोध भएका हुन्। प्रचण्डजीले केही सन्दर्भमा कुरा उठाउनु भएकै हो। त्यसबाहेक उहाँबाट मैले सहयोग पाएको छु। अब झन् सहयोग बढाएर अघि बढ्ने समझदारी भएको छ’, उनले भने, ‘हामीबीच भागवण्डाको प्रश्‍न नै छैन।
भागवण्डाको कुरै होइन। हुँदै जाने, मिल्दै जाने कुरालाई मिलाएर जान्छौं।’ ओलीले आफूले घामजुन रहुन्जेल पदमा बस्छु नभनेको जिकिर गरे। ‘मैले घामजुन रहुन्जेल प्रधानमन्त्री र अध्यक्ष रहिरहने भनेक छैन। यी पदमा कोही पनि घामजुन रहुन्जेल बस्‍ने कुरा पनि होइन’, उनले भने।। ओलीले पार्टी एक्लै प्रचण्डले चलाउने कुरा पनि सत्य नभएको बताए। ‘पार्टी एक्लै प्रचण्डले चलाउने, ओलीले सरकार एक्लै चलाउने भन्‍ने पनि होइन’, उनले भने, ‘सरकार मैले एकलौटी चलाउँछु भन्‍ने होइन, तर प्रधानमन्त्री अधिकारसहित हुन्छ रबर स्टाम्प त होइन। प्रचण्डजी पार्टीमा केन्द्रित रहनुहुन्छ, तर हामी आपसी परामर्शमा अघि बढ्ने छौं।’ ओलीले पार्टीभित्रका केही नेताहरुले समर्थनमा एक शब्द नबोली आलोचना मात्रै गरेको बताए। ‘पार्टीभित्रबाट पनि समर्थनमा एक शब्द नबोल्ने तर विरोधमा स्वर मात्रै उछाल्ने ती कुरा उचित हुँदैन। त्यो परिपाटी राम्रो होइन’, उनले भने, ‘अब हामीले एकीकरणको प्रक्रियालाई अघि बढाएर पार्टीलाई निर्देशित गर्नुपर्छ। उनले आगामी एकता महाधिवेशनमा सहमतिबाटै नेतृत्व छानिने बताए। आफू उठ्ने या अर्को नेतालाई समर्थन गर्ने कुरा अहिले नै चर्चा गर्न उचित नहुने उनले बताए। उनले उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावले पार्टी एकता बचाइ राख्‍न भूमिका खेलेको स्वीकारे। ‌ओलीले मन्त्रिमण्डल हेरफेरबारे आफूले विचार गरिरहेको पनि बताएका छन्। ओलीले प्रदेशमा मुख्यमन्त्री फेर्ने योजना नरहेको बताए। उनले अर्को चुनावपछि मात्रै मुख्यमन्त्रीहरु हेरफेर गरिने दाबी गरे। ‘मुख्यमन्त्रीहरु चुनावपछि मात्रै फेरिन्छन्’, उनले भने, ‘हामी अस्थिरताको पक्षमा छैनौं, देशमा राजनीतिक स्थिरता चाहिएको छ।’ अर्थमन्त्री परिवर्तनका विषयमा उनले अझै दुई चार दिन हेर्न आग्रह गरेका छन्। ‘अझै दुई चार दिन हेरौं न, भदौ २० गते पनि आउन लाग्दैछ’, उनले भने, ‘कार्यशैली त सबैको कसलाई पो मन पर्छ र? तर म अर्थमन्त्रीको कामबाट सन्तुष्ट छु।’
Read more at: https://thahakhabar.com/news/106516?fbclid=IwAR01CY2syOapOvTT_2P-xKdpBxOBFPrXzg5saKHCVGbzj0omavgVr2gWvlA

तपाईको प्रतिक्रिया

संबन्धित खबर

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपालाई सरकारमा फर्काउने तयारी, रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

रास्वपालाई सरकारमा फर्काउने तयारी, रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

प्रधानमन्त्रीले प्रमुख सचेतकसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रमुख सचेतकसँग छलफल गर्दै

चितवन-२ मा चुनाव लड्न मिडिया सञ्चालकलाई रविको चुनौती

चितवन-२ मा चुनाव लड्न मिडिया सञ्चालकलाई रविको चुनौती

मलाई जता गए पनि खेद्ने मात्रै काम भयो : रवि लामिछाने

मलाई जता गए पनि खेद्ने मात्रै काम भयो : रवि लामिछाने

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline