Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण


७० वर्षमा पहिलो पटक अंगीकृत नागरिकतामा हदम्याद, देशभर ओली सरकारको तारिफ

काठमाडौँ । जनता समाजवादी पार्टीले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको भन्ने अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

थापाले एक वक्तव्य जारी गर्दै भनेका छन् ,‘पटक पटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका आफूलाई सुशिक्षित भनेर चिनाउन रुचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलौज मात्र हो र सोचको दिवालियापन नै हो ।’

उनले राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुने गरे पनि स्वाभाविक नै मानिने बताएका छन् । ‘त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला’ उनले जारी गरेको वक्तव्यमा भनिएको छ ।

‘सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरुपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भर्त्सनामा जुट्छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना, विरोध र गालीगलौज गरिएको सन्दर्भ कुनै नौलो कुरा नभएको भन्दै आफ्नो निहित स्वार्थ पूरा गर्न प्रधानमन्त्रीलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट रहेको थापाद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ । उनले त्यस्ता तत्त्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् र अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर रहेको बताएका छन् ।

‘शीशाको घरमा बसेर ढुङ्गा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ । जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएको छ ।

राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रस्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्छन् । तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयोग गरिने अपमानजनक, तथ्यहीन, भ्रामक र गैर जिम्मेवार भाषाप्रति गम्भीर आपत्ति प्रकट गर्नैपर्छ । जो सभ्य समाजको मूल्य र मानक विपरीत रहेका छन् । तसर्थः जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेकोतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु’ थापा द्वारा जारी वक्तव्यमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

आज माघ १९, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम घोषणा गरेको दिन

आज माघ १९, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम घोषणा गरेको दिन

प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline