Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

‘हतारमा केहि कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क छौं,’ प्रचण्ड


प्रचण्डले मागे ओलीको राजिनामा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले हतार गरेको भए देश र पार्टी दुर्घटनामा पर्न सक्ने बताएका छन्। गृहजिल्ला चितवनको माडीमा शनिबार नेता/कार्यकर्तासँग भएको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको आन्तरिक विवादबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डसहित शीर्ष नेताले स्थायी कमिटी बैठकमै राजीनामा मागेपछि नेकपाभित्र विवाद जारी छ।  स्थायी कमिटी बैठक एक साता (साउन २) सम्म स्थगित भएपछि शनिबार चितवन पुगेका प्रचण्डले पार्टी एकता बलियो बनाउनुपर्ने पनि बताए।

‘हतारमा केहि कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क छौं,’ प्रचण्डले भने, ‘म पार्टीको एउटा अध्यक्ष। मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु। मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ।’

उनले कोरोना महामारीका बेला प्रतिक्रियावादीहरूले अनावश्यक रूपमा खेल्न सक्ने पनि बताए। ‘परिवर्तन बचाउने लडाइँ पनि छ यो। यो कोरोनाको कारणले अरू नै केहि हुने हो कि भन्याजस्तो। या पार्टीभित्रको विवाद चर्काइदिएर किनकी प्रतिक्रियावादीहरू के चाहन्छन् भने एकातिर गएर केपी ओलीलाई छोड्न हुन्न यो बेला भनिदिने। अर्कोतिर प्रचण्डलाई गएर छोड्न हुन्न यही बेला भन्दिने पनि देखिएको छ। तपाईंहरू त्यस्तोमा नलागिदिनुहोला। हामी जित्छौं,’ प्रचण्डले भने। उनले कहिँ कसैले कुनै पनि बाहनामा पार्टी एकता कमजोर बनाउन नहुने बताए। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको पछिल्लो भेटका संकेत सकरात्मक देखिएको भन्दै प्रचण्डले छिटै पार्टीभित्रका समस्याको हल खोजिने बताएका हुन्।

‘हामी कुनै न कुनै समझदारीमा पुग्छौं। अप्ठेरो भए पनि हामीले जनतालाई र देशलाई अगाडि राखेर प्रतिवद्धता गरेर सोच्यो भने हल निस्किन्छ,’ प्रचण्डले भने, ‘प्रधानमन्त्रीको संकेत पनि हल गर्नुपर्छ भन्ने नै छ।’ उनले सडकमा भइरहेका प्रदर्शनतर्फ लक्षित गर्दै कार्यकर्तालाई हतार गरेर कुनै गतिविधि नगर्न पनि आग्रह गरे। ‘हतार गरेर कुनै गतिविधि गर्न जरूरी छैन,’ प्रचण्डले भने। आफू प्रधानमन्त्रीसँगकै परामर्शमा बाढीपहिरोको अवस्थाबारे बुझ्न चितवन आएको उनले बताए। पार्टीभित्रको आन्तरिक कुरा छलफलबाटै टुंगिने र पार्टी एकता थप बलियो उनले प्रचण्डको भनाइ थियो। उनले माडिको विकासका लागि आफूले सक्दो सहयोग गर्ने पनि बताए।

श्राेत सेताेपाटी

तपाईको प्रतिक्रिया

संबन्धित खबर

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

आज माघ १९, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम घोषणा गरेको दिन

आज माघ १९, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम घोषणा गरेको दिन

प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline