मधेशी प्रति लक्षित गरेर ल्याएको यो विभेदकारी विधेक अविलम्ब फिर्ता लिनुपर्ने युवा नेता रहिस शाह
शिवराज नगरपालिकामा रहेको जनता समाजवादी पार्टी नगर कमिटिलेका अध्यक्ष कृष्ण कुमार चौधरीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी ल्याएको विधेकप्रति विरोध जनाउदै विधेयक विरुद्ध चन्द्रौटामा नाराबाजी गरेका थिए ।
शनिवार बसेको नेकपाको सचिवालय बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय मधेशी जनभावना विपरीत रहेको भन्दै चौधरीले कडा विरोध गरेका थिए ।
विरोद्ध सभामा बोल्दै जनता समाजवादी पार्टीका प्रदेश न ५ का सदस्य तथा युवा नेता रहिस शाहले सरकारले मधेशी समुदायप्रति लक्षित गरेर ल्याएको यो विभेदकारी विधेक अविलम्ब फिर्ता लिनुपर्ने माग गरेका थिए ।
शाहले राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा पठाउन लागेको भनिएको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरूले पटक पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरू प्रति प्रतिगामी र जनचाहना विपरित रहेको बताए ।
दशकौंदेखि समान अधिकारका लागि भएका आन्दोलनहरू तथा ०६३र०६४ सालमा भएको मधेश आन्दोलनको जगमाथि स्थापित नागरिकता सम्बन्धी अधिकारलाई खोस्ने र मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गलाई अनागरिक बनाउनेतिर लक्षित रहेकोले सो विधेयकको विरोधमा सम्पूर्ण जनता, नागरिक समाज र राजनैतिक पार्टीहरूलाई एकजुट हुन शाहले आग्रह गरे ।
विरोद्ध सभामा कोल्दै सरकारको उक्त निर्णयले नेपाल भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटीबेटीको सम्बन्ध बिथोल्ने र मधेशमा अविश्वासको वातावरण सृजना हुने चौधरीले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























