अंगीकृत नागरिकता ७ वर्षपछि मात्र दिने बहुमतको निर्णय, कांग्रेस र जसपाको फरक मत
काठमाडौं
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास गरेको छ ।
समितिको आइतबार बसेको बैठकले दुई वर्षदेखि अड्किएको नागरिकता विधेयक टुंगो लगाएको हो । समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता लिन चाहेमा बैबाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबस गरेको हुनुपर्ने व्यवस्था थप गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























