Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

दलित भित्रको अवसरवादी प्रभु हजरा दुसाध, जहिले पनि सत्ता र शक्तिमा


दलित भित्रको अवसरवादी प्रभु हजरा दुसाध, जहिले पनि सत्ता र शक्तिमा
वीरगंज 
संघियताको मूलभूत उदेश्य शक्ति विकेन्द्रीकरण नै हो । केन्द्रीकृत शक्तिलाई विकेन्द्रित गर्ने र राज्यको स्रोत साधनमा आम सर्वसाधारणको सहज पहुँचमा संघियताले टेवा पुयाउँछ ।
विभिन्न राजनितिक परिवर्तन पछि हाम्रो मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । जसको प्रमुख उदेश्य नै राज्यको स्रोत साधनमा सबैको सहज पहुच र सबैलाई सम्मान अवसर प्रदान गर्नु नै हो । यसै बीच राज्यका प्रत्येक तहमा लामो समय देखि सहभागी हुन नसकी राज्यको मूलप्रवाह बाट वञ्चित रहेका विभिन्न समुदाय मध्ये अति पिछडिएको दलित समुदायको विकास र पहुचको लागि राज्यले अलि बढी अवसर दिएको यथार्थलाई नकार्न सकिंदैन ।
यद्यपि राज्य बाट दलित समुदायको लागि प्रदान हुने अवसरको समुचित सदुपयोग भयो कि भएन ? अपेक्षित योजना पूरा भयो कि भएन ? जस्ता प्रश्नहरुको लेख–जोखा भएन भने राज्य द्वरा तय गरिएको नितीको उपलब्धि देखा पर्दैन र समृद्धिको सपना अधुरो रहने छ । त्यसकारण विभिन्न कोण बाट सरकारी नितीको उपलब्धि मापनको सिलसिलामा विभिन्न राजनीतिक दललाई गुमाराहमा पारी राज्य बाट दलितको नाममा प्रवाह हुने अवसरलाई आफ्नै परिवारमा केन्द्रित गरेको पर्सा जिल्लाको एउटा यस्तो परिवार, जसको घरमा नेपालमा अस्तित्वमा रहेका सम्पूर्ण दलको सदस्यता छ ।
जिल्ला पर्सा वीरगन्ज महानगरपालिका हाल वडा नं. १५ साविक वडा न. १८ को स्व. सुरुज हजारा दुसाधको परिवार हो ।
स्व. हजाराको चार छोरा क्रमशः शम्भु हजारा दुसाध , प्रभु हजारा दुसाध , चन्दु हजारा दुसाध र मानदेव हजारा दुसाध हुन् । जुन परिवारको मुख्य पेशा राजनीति हो । लोकतन्त्रमा राजनिति गर्नु सबैको नैसर्गिक अधिकार हो, त्यसकारण कसैको अधिकार माथि टिप्पणी गर्नु मुनासिव हुदैन । तर यी चार दाजु भाई मध्ये सबै भन्दा जेठो शम्भु हजारा दुसाध नेपाली कांग्रेसका प्रभावशाली दलित नेता हुन । नेपाली कांग्रेसका भातृ संगठन दलित संघका केन्द्रीय उपाधयक्ष पनि हुन । कांग्रेसका सरकार हुदा उनी उपेक्षित उत्थान दलित वर्ग विकास समितिका कार्यकारी निर्देशक भए । दलितको नाममा विभिन्न अवसरहरु उपयोग गर्दै, पछि हुँदा हुँदै २०६४ सालको संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फ बाट सविधान सभाका सदस्य भए । संसदीय विकास समिति मध्येका एक समितिका सभापति समेत भए । अर्थात नेपाली राजनीतिमा दलितहरुको नाममा उनको सिक्का चल्यो उनी समृद्ध भए उनको छोरा अमेरिकामा बस्छन ।
उनी पछिका अर्का भाइ हुन प्रभु हजारा दुसाध जो हाल नेकपाको पर्सा जिल्ला अध्यक्ष हुन् । उनी यस अघि तत्कालीन नेकपा एमालेको पर्सा जिल्ला संयोजक थिए । उनी तत्कालिन नेकपा एमाले र हाल नेकपामा आबद्ध भए देखि नै अवसरै अवसरमा ओतप्रोत रहे । तत्कालीन नेकपा एमालेका जिल्ला कमिटी सदस्य हुने बितिकै पार्टीको मुखपत्र नवयुग मासिक पत्रिका बाँडने जिम्मा लिएर ग्राहक शुल्क वापत आएको पत्रिकाको पैसामा रजाई गर्न शुरू गरे । पछि आर्थिक अवस्था कमजोर भएको र दलित समेत भएको भनी पार्टीले दलीय संयन्त्रबाट संचालित वीरगन्ज उपमहानगरपालिकामा पार्टीको तर्फबाट प्रतिनिधि पठाइए , केही समय पछि जिल्ला विकास समिति पर्साको पनि प्रतिनिधि भए ।
विभिन्न अवसर प्राप्त गरे सँगै तत्कालीन नेकपा एमालेको जनसंगठन नेपाल उतपिडित जातिय मुक्ति समाजको केन्द्रिय सचिव भए र त्यसैको जगमा एमाले सरकारको पालामा राज्य मन्त्री सरहको सुविधा उपयोग गर्ने गरी उपेक्षित उत्थान दलित वर्ग विकास समितिका कार्यकारी निर्देशक भए । त्यस पछि झलनाथ खनालको नेतृत्वमा गठित मन्त्री परिषदको स्थानिय विकास मन्त्री उर्मिला हुदा सोही समिति उपेक्षित उत्थान दलित वर्ग विकास समितिको उपाध्यक्ष भए । यसरी राजनीतिमा मौज मस्ती गर्दै समय कटाउँदै लैजाने भाग्यमानी व्यक्ति प्रभु हजारा दुसाध केही समय पछि पार्टीका बिभिन्न नेताहरुको दैलो चाहार्दै पुनः आफूलाई खान लाउन अप्ठ्यारो भएको बताउन थाले पछि एमालेको भागमा रहेको सामान्य प्रशासन मन्त्रालयको मातहतमा रहेको प्रशासन आयोगको सदस्य भए र भए भरका दोहन गरे । यसरी उनी आफ्नो राजनीतिक जीवन कालमा कहिलै लाभका पदविहिन भएन । पार्टीकै आडमा उनका छोरा वीरगञ्जका प्रसिद्ध उद्योगीको औद्योगिक प्रतिष्ठानमा आकर्षक सुविधा सहित जागीरमा छन भने बुहारी करारमा सरकारी सेवामा छिन ।
त्यस पछिका अर्का भाइ हुन, चन्दु हजारा दुसाध जो तत्कालीन संघिय समाजवादी फोरमबाट निर्वाचित संघीय संसद विमल श्रीवास्तवका पछलगुवा हुन अर्थात उनी कुनै पार्टी भन्दा पनि एक जना चतुर राजनीतिकर्मीलाई कसिलो ढंगले समाएका छन् । जस बाट उनी विभिन्न उपलब्धिहरू लिदै आफ्ना जीवन यापन गर्दै आएका छन । अर्थात सहज रुपमा बुझ्ने हो भने उनी मधेशवादी दल हुन ।
त्यस पछि सबै भन्दा कान्छो भाई हुन, मानदेव हजारा दुसाध जो हाल नेकपाको पर्सा जिल्ला कमिटी सदस्य हुन । तत्कालीन नेकपा एमाले पर्सा को संयोजक हुदै नेकपा पर्साका अध्यक्ष प्रभु हजारा दुसाध भए पछि आफ्नो साखै कान्छो भाइ अर्थात मानदेव हजारा दुसाधलाई जिल्ला कमिटी सदस्य बनाए । प्रभु हजारा नेपाल उतपिडीत जातिय मुक्ति समाजको केन्द्रिय सचिव भए पछि यिनलाई पनि संगठनको केन्द्रित सदस्य बनाए । पुरुषोत्तम पौडेल खेलकुद मन्त्री रहेको बेला यिनी मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भए । फेरि पनि यिनलाई सो पदमा दोह¥याउँन प्रभु हजाराले सिफारिस गर्न तम्तयार भएका छन । यिनको लक्ष्मनवामा टाढैबाट देखिने गरी आकर्षक घर छ ।
यसरी दलितको नाममा राज्यबाट प्राप्त हुने अधिकतर अवसर यिनकै परिवारको वरिपरि घुमिरहन्छ । पर्सा जिल्लाको इतिहासमा यिनका परिवार बाहेक यस जिल्ला निवासी सहायक स्थानिय विकास मन्त्री अजय चौरसियाको पालामा वीरगन्ज विर्ता निवासी अशोक राउतले उपेक्षित उत्थान दलित वर्ग विकास समितिको कार्यकारी निर्देशक भएका थिए भने राजेन्द्र महतोले नेतृत्व गरेको तत्कालीन सदभावना पार्टीको तर्फबाट वीरगन्ज प्रसौनी निवासी गया हजारा पासवान राष्ट्रिय दलित आयोगका सदस्य भएका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिमा डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिमा डोलप्रसाद अर्याल

चितवन-२ मा उपनिर्वाचन

चितवन-२ मा उपनिर्वाचन

रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन

रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा : सर्वोच्चमा आज पनि सुनुवाइ

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा : सर्वोच्चमा आज पनि सुनुवाइ

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline