Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

आजको राशिफल


आजको राशिफल

आजको राशिफल

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ।साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

समय केही संघर्षमय रहने देखिन्छ। तापनि सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझदेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ। पेसामा पनि प्रशस्त फाइदा हुनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। साँझदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आफ्नो मिहिनेतको प्रतिफल भने हातलागी हुनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। विशेष काममा जग बसाउने मौका जुट्नेछ। साँझदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। अवसरले उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

सोख र हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। साँझदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्।

 

वि.सं. २०७७ जेठ ३१। शनिवार। इ.स. २०२० जुन १३। ने.सं. ११४० तछलागा। आषाढ कृष्णपक्ष। अष्टमी, २५:४२ उप्रान्त नवमी।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको प्रतिक्रिया

संबन्धित खबर

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

आज माघ १९, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम घोषणा गरेको दिन

आज माघ १९, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम घोषणा गरेको दिन

प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline