काठमाडाै
संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा नेपाल सरकारले भारतसँग रहेको सीमा विवाद हल गर्न कूटनीतिक पहल गर्ने र लिम्पियाधुरासम्मको भूभाग समेटेर नेपालको नक्सा जारी गरिनेछ ।
राष्ट्रपतिबाट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, “लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिने बताइन्। तदनुरूप नै छुटेको भूमिसमेत समावेश गरि नेपालको नक्सा जारी गरिनेछ।”
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको भन्दै त्यसलाई प्राप्त गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यम प्रयोग गरिने उनले उल्लेख गरिन्।
लिपुलेक क्षेत्रमा बनाएको सडक भारतले उद्घाटन गरेपछि दुई देशबीच विवाद झनै गहिरिएको बेला नीति तथा कार्यक्रममा उक्त विषय पनि परेको हो।
राष्ट्रपति भण्डारीले देशको अन्तर्राष्ट्रिय सीमा संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रवार धार्चुला-लिपुलेक जोड्ने सडकको उद्घाटन गरेका थिए।
लिपुलेकलाई आफ्नो भूमि भन्दै आएको नेपालले त्यसप्रति सार्वजनिक रूपमा नै असन्तुष्टि जनाएको थियाे।