Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

भारतीय हस्तक्षेप विरुद्ध नेकपा विप्लवद्वारा सङ्घर्ष


नेपाल कम्युनिस्ट पार्टीले भारतीय हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष सुरु गर्ने उदघोष गरेको छ । सो पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण थालेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको हो । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरोका इन्चार्ज कञ्चनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि मिचेर भारतले बाटो बनाउन खोज्दा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू मिचिँदा पनि संसद्वादी सत्ता मूकदर्शक देखिएकाले नेपाललाई दिन–प्रतिदिन भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट पारेका छन् । उनले यस्तो नपुंसक, दलाल पुँजीवादी सत्ताको अन्त्यका लागि सङ्घर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टीहरूलगायत नेपाली सेना र नेपाल प्रहरीलाई अपिल समेत गरेका छन् ।
ब्युरो इन्चार्ज कञ्चनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ- ‘यही मिति २०७७ साल वैशाख २५ गते भारतले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरेको समाचार प्रकाशनमा आएको छ । भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रूपमा आएको छ । त्यसले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको छ । हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपालको भूमि हडप्ने भारतीय साम्राज्यवादी हर्कतको भत्र्सना विरोध गर्दछ ।’
कञ्चनद्वारा विज्ञप्तिमा भनिएको छ, ‘त्यस क्षेत्रबाट भारतीय हर्कत पूर्ण रूपले बन्द गरी नेपालको सार्वभौमिकताको सम्मान गर्न भारतीय सरकारसँग माग गर्दछ । साथै त्यहाँबाट नहटेमा राष्ट्रिय स्वाधीनताको सङ्घर्ष गर्ने चेतावनी दिन चाहन्छौँ । नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्ने सामाजिक दलाल पुँजीवादी केपी वली सरकारको भारतीय साम्राज्यवादप्रतिको दलाली र लाचारी खुला रूपमा प्रकट भएको छ ।’

तपाईको प्रतिक्रिया

संबन्धित खबर

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

आज माघ १९, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम घोषणा गरेको दिन

आज माघ १९, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम घोषणा गरेको दिन

प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline