सामाजिक सुरक्षा भत्तामा ३२ लाखभन्दा बढी हिनामिना, ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सामाजिक सुरक्षा भत्तामा ३२ लाखभन्दा बढी हिनामिना, ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३, मत्सरीमा सामाजिक सुरक्षा भत्ता वितरणमा भएको गम्भीर अनियमितताको आरोपमा तत्कालीन निमित्त कार्यकारी अधिकृत, वडाध्यक्ष, वडा सचिवसहित ४२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा नक्कली लाभग्राही कायम गर्ने, योग्यता नपुगेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, झुट्टा विवरणका आधारमा परिचयपत्र जारी गर्ने तथा दोहोरो भुक्तानी गराउने कार्य गरी रु. ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको सार्वजनिक रकम हिनामिना गरेको अभियोग छ।
यस प्रकरणमा तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुर, वडा नं. ३ का तत्कालीन वडाध्यक्ष धर्मेन्द्र कुमार झा, वडा सचिव उमेश चौधरीसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। आयोगले उनीहरूबाट बिगो असुल गरी कानुनबमोजिम सजायको माग गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















