दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

पत्रकारीता भन्ने बित्तिकै धेरैले अध्ययन तालिम वा अनुभवको लामो सूची सम्झन्छन् दिपु का लागि यो यात्रा खेल-खेलमै सुरु भएको र अहिले सम्झदा मन भित्र गुदगुदी लागेको अनुभुति सुनाउछन् । उमेरले ४० बसन्त पार गरिसकेका दिपु अहिले पत्रकारीताको क्षेत्रमा आफ्नो पहिचान बनाउन दिन रात अध्यन र प्रयत्नशील भइ लागि रहेका छन् ।

अहिले उनका समकालीनहरू दिपुलाई अहिले परिपक्व पत्रकारका रूपमा लिने गरेको र उनका कथाहरु रोचक भएको सुनाउने गर्छन् ।
चन्द्रौटा क्षेत्रमा पहिलो रेडियो सञ्चालन भएको र रेडियो वाट साथीहरुको आवाज सुन्दा र उनिहरुको व्यक्तित्व हेर्दा र उनिहरुसँगको सामान्य गफगाफमै दिपुलाई भित्र-भित्र पत्रकारीताको स्वाद लिन मन भित्रवाट लोभ लागेको थियो ।
सामाजिक कार्यमा पनि रुचि राख्ने भएकाले उनले चन्द्रौटामा रहेको सहज नेपाल संस्थाबाट आफ्नो सामाजिक यात्रा प्रारम्भ गरेका थिए । उक्त संस्थामा दस वर्षसम्म सामुदायिक परिचालकका रूपमा काम गर्दै उनले अधिकारमुखी अवधारणासँगै गरिबी निवारणका लागि विभिन्न अभियानमा संलग्न भए ।

जस्मा मुख्य गरि जमिदारहरुले आफ्ना श्रमिकहरुलाई दिनभरि काममा लगाइ जम्मा तिन किलो धान दिने प्रचलनको अन्तय र डि ब्लक अभियान सम्झनै गर्छन् ।
त्यही समय नेपालमा सञ्चार क्रान्ति सुरु भएको थियो । दसवर्षे द्वन्द्वपछि एफ.एम. रेडियोहरू सञ्चालनको लहर चलेको चन्द्रौटामा पनि रेडियो समानता स्थापना भयो जसले पश्चिमी कपिलवस्तुमा सञ्चारको नयाँ युगको सुरुवात गर्यो।
मुख्य कल्पनाकार राजु खरालले स्थानीय युवाहरूलाई समेटेर नयाँ जोश र सामुदायिक सोचले चन्द्रौटामा रेडियो समानताको जन्मभयो । गलत राजनीतिले यसको भविष्य अन्योल बनाउन सहयोग गर्यो र एक पक्षले कांग्रेस समर्थित रेडियो भनेर चिनायो भने अर्को पक्षले एमाले पन्थी रेडियो स्थापना गर्ने भित्र भित्र योजना बुन्न थाले ।
रेडियो पत्रकारितामा समर्पित दिपुले रेडियो भ्वाइस मार्फत व्यावहारिक पत्रकारिताको सुरुवात गरे त्यहाँ काम गर्दागर्दै उनले नेपाल पत्रकार महासंघको सदस्यता खेल-खेलमै प्राप्त गर्न सफल भए । कुनै औपचारिक डिग्री वा तालिम नलिई पत्रकार बनेको सोच्दा उनलाई कहिलेकाहीँ अचम्म लाग्थ्यो तर अभ्यासले नै पत्रकार बनाउँछ भन्ने कुराको उनले अहिले अनुभव गरेका छन् ।
दिपुको पत्रकारीताको औपचारिक सुरूवात भइसकेको अवस्थामा उनि संग अति मिलने साथी संजिव गहतराजको सहयोगमा दिपुलाई पहिलो पटक प्रेस चौतारी नेपाल कपिलवस्तु शाखाले सम्मान गर्यो । पुरस्कारमा पाँच हजार रुपैयाँ प्राप्त गर्दा उनलाई अनौठो अनुभूति भयो खुशी पनि लाज पनि । त्यो दिन पाँच हजारले संजिवसँग खुब रमाइलो गरियो तर बेलुका घर पुग्दा गोजा रित्तो थियो । दिपुलाई रातभर निन्द्रा परेन उनले प्रण गरे भोलिदेखि नै उनले गम्भीरतापूर्वक पत्रकारीता गर्ने निर्णय संग संगै कसम पनि खाए । दिपुका लागि आगामी यात्रा सहज भने पक्कै थिएन ।
सन्तोषजनक लेखन यात्रापछि उनले नेपाल पत्रकार महासंघ, कपिलवस्तुको कोषाध्यक्ष पदमा अग्रज दाजु शरद अधिकारी लगाएत अन्य साथीहरुको सहयोगमा निर्विरोध निर्वाचित हुने अवसर पाए । दिपुको अनुभव कम थियो तर अनुभवी पत्रकार साथीहरू शरद अधिकारी, राजु खराल, सिताराम चौधरी जस्ता अग्रजको मार्गदर्शनले उनको कार्यकाल सफल बन्न पुग्यो । दिपुले ख्याल-ख्यालमा सुरुवात गरेको पत्रकारीताले स्याल नै पल्टाएको जस्तो अनुभुति गरे ।
पत्रकारीता मार्फत पश्चिमि क्षेत्रमा आफ्नो नाम चलाएका सिकारु पत्रकार दिपु आफ्नै साथीहरु वाट राजनितिको सिकार बन्न पुगे र केही चतुर पत्रकारहरुको चलखेलमा परेर महासंघको सदस्यता नै गुमाउनु पुगे तर दिपुले हिम्मत हारेका छैन्न । अहिले उनी आफूलाई दक्ष पत्रकार का रूपमा स्थापित गर्न आफ्नो लेख्न शैलिमा सुधारका औजार खोजिरहेका छन् ।
आजभोली पत्रकारीता दिपुको जीवनकै अभिन्न अंग बनिसकेको छ । समाचारको लागि ल्यापटप नचलाएको दिन अधुरो महसुस गरने गरेको अनुभव सुनाउने गरेका छन् । दिपुले बुझिसकेका छन् कुनै पनि काममा सफल हुन दक्षता अत्यावश्यक हुन्छ । खेल खेलमा पत्रकारिता यात्राबाट सुरु भएको दिपुको अभियान लक्ष्य पहिचान गरि उसका उद्देश्यहरु पुरा गर्ने रहेको छ ।