हजुरको गुलामी कब सम्म गर्ने ?

दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।
शिवराज उमेरले ४० कट्दै गरेका एक साधारण व्यक्ति हो आफ्नो जीवनका पछिल्ला वर्षहरूलाई उनले पुनर्विचार गर्न थालेका छन् । जीवनभरि उनले “हजुर” को जयजयकार गरे आफ्नो आत्मसम्मानलाई बन्धकी राखेर हजुरको अगिपछि गरे तर अब उनलाई लाग्न थाल्यो-कति सम्म अरूको गुलामी गर्ने ? यो प्रश्नले उनको भित्री मनको संसारलाई हल्लाइदियो।
शिवराजले अहिले आफ्नो मनमा गहिरो द्वन्द्व अनुभव गर्न थालि सकेका थिए । उनी सम्झिन्थे जब उनी युवावस्थामा थिए जोशले भरिपूर्ण थिए । उनले हजुरको हरेक आदेशलाई अविवेकी रूपमा स्वीकार गर्थे । सही र गलतको भेउ नै नपाउने शिवराजलाई हजुरले कुनै बेला मुखमा राम-राम बगलीमा छुरा शैलीको व्यवहार गरे पनि शिवराजले कहिल्यै विरोध गरने आट गर्न सकेन्न। हजुरको निरन्तर दबाउने स्वभाव र आफ्नो विचारलाई मात्र ठिक ठान्ने प्रवृत्तिले शिवराजको आत्मा गहिरो पीडामा दिइरहेको थियो र शिवराज बिना पानिको माछा जस्ते भएका थिए ।
समयसँगै शिवराजले हजुरको व्यक्तित्वलाई भित्रबाट बुझ्न थालि सकेका थिए । हजुर बाहिरबाट सशक्त देखिन्थे तर भित्री रूपमा उनी खोक्रो र कमजोर भएको स्पष्ट हुन्थ्यो । शिवराजलाई लाग्थ्यो गधा धोएर गाई नहुने भने झैं हजुरले आफूलाई ठूला बनाउने प्रयास गरे पनि भित्री कमजोरी ढाकछोप गर्न सक्दैनथे। हजुरको हाराहारीमा रहेका सबैलाई सधैं गुलामझैं व्यवहार गरथै । जब शिवराजले हजुरलाई नजिकबाट नियाल्न थाले उनले महसुस गरे कि हजुरको यात्रा शून्यतिर उन्मुख छ ।
शिवराजले मात्र होइन, उनका अन्य सहयात्रीहरूले पनि हजुरको दबाब र निरन्तर आलोचनाबाट आक्रान्त महसुस गरिरहेका थिए । सहयात्रीहरूका विचार र योजनालाई हजुरले सधैं खारेज गर्ने गर्थे । अहिले, शिवराजले हजुरको दबाबलाई अस्वीकार गर्न थालेपछि सहयात्रीहरू पनि शिवराजलाई सहानुभूति र समर्थन दिन थालेका छन् ।
कब सम्म हजुरको गुलामी गर्ने ? यो प्रश्नले शिवराजलाई निन्द्राबाट ब्युँझायो । उनले अन्ततः निर्णय गरे-अबको यात्रा आफ्नो एक्लो हुनेछ । शिवराजले पहिलो पटक आफ्ना भावना र विचारलाई प्राथमिकता दिन सिखि रहेका थिए । शिवराजलाई यस्तो लाग्यो, मानौँ उनले वर्षौंदेखि बाँधिएको डोरी काटिदिएका छन् र आफुले स्वत्रन्त्र रुपमा खुला आकाशमा सास लिइरहेका छन । उनले जीवनमा पहिलो पटक आन्नदको महसुस गरि सास फेर्न पाएको अनुभुति गरि रहेका छन् र उनको अनुहार उज्जालो र चमकिलो देखिएको छ ।
उनले कल्पना गरे, उनी अहिले खुला आकाशमा पखेटा फिँजाएर उड्दै छन्। अब म स्वतन्त्र छु उनले मनमनै भने यो सोचले उनको आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याएको छ । शिवराजको परिवर्तनले सहयात्रीहरूलाई पनि नयाँ दृष्टिकोण प्रदान गरेको छ । सहयात्रीहरू जो पहिले हजुरको दबाबमा मौन थिए अहिले खुल्न थालेका छन् ।
उनीहरू शिवराजसँग अहिले फोनमा कुरा गर्दे भन्न थालिसके तिमीले जुन साहस देखायौ त्यसले हामीलाई पनि प्रेरित गरेको छ। हामी पनि अब यस दबाबबाट मुक्त हुन चाहिरहेका छौ । सहयात्रीहरू शिवराजलाई मात्र समर्थन गरेन्न बरु हजुरको अत्याचारको विरुद्ध उभिन थालि सकेका थिए ।
अब यो यात्रा शिवराजको व्यक्तिगत मात्र रहेन यो सामूहिक सवाल बन्न थालिसकेको छ । शिवराजले अनुभुति गरे उनको साहसले अरूलाई पनि जीवन बदल्न प्रेरित गरेको रहेछ ।
शिवराज र उनका सहयात्रीहरूले अब हजुरको प्रभुत्वलाई अस्वीकार गर्दै आफ्नै बाटो तय गर्न थालेका छन् । उनीहरूलाई पक्कै थाहा छ । यो सजिलो यात्रा हुने छैन तर पनि उनीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि यो अठोट अपरिहार्य छ ।
अहिले शिवराजले आफूलाई पिंजडाबाट मुक्त भएको चरा जस्तै अनुभव गरन् थालेका छन् । उनले भित्री शान्ति महसुस गरिरहेका छन् । शिवराजले आफुलाई हजुरको जयजयकार गर्नुपर्ने बन्धनबाट मुक्त बनाइसकेका छन् ।
यो मुक्तिको यात्रा केवल शिवराजको मात्र नभइ यो हरेक शिवराज जस्तो भुइ मान्छेको कथा थियो जसले आफ्नो आत्मसम्मानका लागि उठ्न हिम्मत गरिरहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर










