भूमिहीनका नाममा ठगी गर्नेहरू सावधान : झुटा विवरण पेश गरे कानुनी कारबाही,
काठमाडौं। भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा झुटा विवरण वा नक्कली अभिलेख पेश गरी जग्गा लिन खोज्ने व्यक्तिमाथि कडा कानुनी कारबाही हुने भएको छ।
भूमि समस्या समाधान समितिले जारी गरेको सूचनामा जग्गा प्राप्त गर्ने उद्देश्यले गलत विवरण, नक्कली कागजात वा झुटा अभिलेख पेश गर्ने, वा त्यस्ता कागजातका आधारमा जग्गा तथा संरचना प्राप्त गरेको वा प्राप्त गर्ने प्रयास गरेको पाइए कानुनअनुसार कारबाही गरिने स्पष्ट गरिएको छ।
समितिले झुटा विवरण पेश गर्ने व्यक्तिमात्र नभई त्यस्ता गलत विवरणलाई सिफारिस गर्ने सिफारिसकर्तालाई समेत कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ। भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२(घ) अनुसार यस्तो कसुरमा सजायको व्यवस्था रहेको समितिले जनाएको छ।
भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन प्रक्रिया निष्पक्ष, पारदर्शी र कानुनसम्मत बनाउन सबैलाई वास्तविक र सत्य विवरण मात्र पेश गर्न समितिले आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















