शिवराजमा साना किसानहरूलाई विषादीरहित खेतीका लागि सहयोग
कपुरी डेक्स ।
चन्द्रौटा कपिलवस्तु – साना किसानहरूको जीवनस्तर सुधार गर्न र विषादीरहित खेतीलाई प्रोत्साहन दिन विभिन्न पहलहरू सुरु गरिएको छ । यसले न केवल किसानहरूको आर्थिक अवस्था सुधार गर्नेछ, तर मानव स्वास्थ्य र पर्यावरण संरक्षणमा पनि योगदान दिने विश्वास लिइएको छ ।

सिदार्थ सामाजिक विकास केन्द्रद्वारा साना किसानहरूलाई विषादीरहित खेतीसम्बन्धी ज्ञान र प्राविधिक सहयोग प्रदान गर्न स्थानीय स्तरमा कार्यक्रम सञ्चालन भइरहेको सिदार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक अजय चौधरीले जानकारी दिनु भयो ।
शिवराज नगरपालिका वडा नं ४, १०, र ११ का ५२ जना किसानहरू विषादीरहित खेतीलाई प्रोत्साहन कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रम संयोजक चौधरीले २२ जना किसानहरुलाई रु ५ लाख रुपैया अनुदान वितरण गरिएको बताउनु भयो ।
कार्यक्रममा विषादीरहित खेतीका फाइदाबारे जानकारी गराउदै यसले मानिसको स्वास्थ्यलाई सुरक्षित राख्नुका साथै माटोको उर्वराशक्ति संरक्षण गर्ने, पानीका स्रोत प्रदूषणमुक्त राख्ने, र जैविक उत्पादनको माग बढाउन मद्दत गर्ने विषयमा केन्द्रित रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि थापाले विषादीरहित खेतीको महत्व उजागर गर्दै अपाङ्गता भएका व्यक्तिहरूसम्म पनि सहयोग पुर्याएकोमा संस्थालाई धन्यवाद दिनु भयो उहाँले विषादीरहित खेतीले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका कृषि शाखा प्रमुख ताराचन्द चौधरी संस्थागत प्रतिनिधि रोम कान्त शर्मा, र वडा नं ४ का वडा अध्यक्ष नसिब अहमद खाँ लगायतका वक्ताहरूले विषादीरहित खेतीलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो ।कार्यक्रम सूर्य कुमारी शाहीको अध्यक्षतामा र शिवराज नगरपालिका नगर प्रमुख अजय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























