२२ औं राष्ट्रिय धान दिवसमा आवर मदरल्याण्ड एकेडेमीद्वारा धान रोपाइ कार्यक्रम सम्पन्न
कबिराज अधिकारी ।
शिवराज, कपिलवस्तु -राष्ट्रिय धान दिवस २०८२ को अवसरमा शिवराज नगरपालिका-५ स्थित आवर मदरल्याण्ड एकेडेमीले विशेष कार्यक्रम आयोजना गरी धान रोपाइ सम्पन्न गरेको छ।

धान रोपाइ कार्यक्रममा आवर मदरलेण्ड एकेडेमीका कक्षा ८, ९ र १० का गरी ७५ जना विद्यार्थीहरूको सहभागीता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद अधिकारीले जानकारी दिनुभयो ।
धान रोपाइ कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको विद्यालयका प्रिन्सिपल कुलराज ढुङ्गानाले बताउनु भयो । रोपाइ कार्यक्रम पछि दही-चिउरा खुवाएर कार्यक्रम समापन गरिएको ढुङ्गानाले जानकारी दिनुभयो ।
धान दिवसको महत्व र खेतीप्रतिको सम्मानका लागि विद्यालयले यस्तो कार्यक्रम आयोजना गरेको हो।
शिवराज नगरपालिका वडा नं. ५ का अध्यक्ष नेत्रप्रसाद बेल्बासेले धान दिवसको महत्व र खेतीप्रतिको सम्मानका लागि विद्यालयले आयोजना गरेको कार्यक्रम सार्हनिय रहेको बताउनु भयो । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा कृषिप्रतिको अभिरुचि र ज्ञान अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























