कपिलवस्तु, शिवराज ।
शिवराज नगरपालिकाले प्लास्टिक माला विक्रिमा पूर्ण प्रतिबन्ध लगाउँदै नगरपालिका क्षेत्रलाई ‘प्लास्टिक माला मुक्त’ बनाउने लक्ष्यसहित १२ हजार सयपत्री फूलको बिरुवा निशुल्क वितरण गरेको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले जानकारी दिनुभयो ।

नगरपालिकाले यस अभियानमार्फत वातावरण संरक्षण, प्लास्टिक प्रदूषण नियन्त्रण र स्थानीय उत्पादन प्रवर्द्धनको उद्देश्य लिएको छ। सयपत्री फूल खेतीका माध्यमबाट कृषकले अतिरिक्त आम्दानी गर्ने अवसर  पाउने नगर प्रमुख थापाले बताउनु भयो ।

कृषि विकास शाखाका प्रमुख तारा चन्द्र चौधरीले नगरपालिकाले कृषि शाखा मार्फत सुचनाको आधारमा  कृषक तथा इच्छुक नागरिकलाई बिरुवा वितरण गरिएको बताउनुभयो । बिरुवा लिन आएका स्थानीयको उत्साह उल्लेखनीय रहेको चौधरीले बताउनु भयो ।

नगर प्रमुखका थापाले  अभियानलाई दीर्घकालीन रुपमा अगाडि बढाइने र स्थानीयको सक्रिय सहभागिताले यसलाई सफल बनाउने अपेक्षा गरेको बताउनुभयो ।