कपुरी डेक्स ।

कपिलवस्तु जिल्लाको

विजयनगर गाउँपालिकामा कृषकहरूलाई करेसाबारी खेतीमा उपयोगीहुने कृषि  सामग्री वितरण गरिएको छ। खाद्य सुरक्षा र आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले सेचेन करुणा नेपाल संस्थाले  करेसाबारी व्यवस्थापनका लागि कृषि सामग्री वितरण गरेको हो ।

सेचेन करुणाका खाद्य सुरक्षा तथा आर्थिक विकासका विषयगत साहयक अधिकृत  तिलकराम भुषालले  १३ ओटा कृषक समूहलाई कृषि कार्यमा प्रयोगहुने  सामग्री वितरण गरियो बताउनु भयो । सामाग्री वितरण कार्यक्रमा उपस्थित विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले करेसाबारी खेतीले  स्थानीय कृषकलाई आत्मनिर्भर बनाउनुका साथै ग्रामीण क्षेत्रमा पोषण सुधारमा योगदान पुर्‍याउने अपेक्षा गाँउपालिकाले लिएको बताउनु भयो ।

करेसाबारी खेतीले विशेषगरी तरकारी र अन्य खाद्य उत्पादनमा प्रोत्साहन गर्ने लक्ष्य राखेको र कार्यक्रमले खाद्य सुरक्षामा सुधार गर्न र स्थानीयस्तरमा आर्थिक समृद्धि बढाउन सहयोग पुर्‍याउने विश्वास लिएको छ।