शिवराज नगरपालिका वडा नं ५ चन्द्रौटामा निःशुल्क आँखा शिविर सम्पन्न
कपुरी डेक्स
शिवराज नगरपालिका वडा नं ५, चन्द्रौटामा आज एक निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। उक्त शिविरमा जम्मा ४५५ जनाले आँखा जाँच र उपचार सेवा लिएका छन् ।
शिवराज वडा नं ५ का वडा अध्यक्ष, नेत्र प्रसाद बेल्वासेले शिविरको सफलता र जनताको सक्रिय सहभागिता बारे जानकारी दिँदै यस प्रकारका कार्यक्रमहरूले समुदायको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो।
शिविरमा २६१ महिला र १९४ पुरुषले नि:शुल्क आँखा जाँच र उपचार सेवा प्राप्त गरेका थिए। साथै, ५६ महिला र ५५ पुरुष सहित जम्मा १११ जनालाई चश्मा वितरण गरिएको थियो ।
आँखा शिविरमा गरिएको चेक जाँचको आधारमा, ५३ जनालाई सल्यक्रिया गर्नुपर्ने आवश्यकता देखिएको छ। यसबारेमा छन्द कालेबाबु आँखा अस्पताल, बहादुरगञ्जका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनु भयो । शिविर छन्द कालेबाबु आँखा अस्पतालको प्राविधिक सहयोग,शिवराज नगरपालिकाको आर्थिक र वडा न ५ को समन्व्यमा शिविर संचालन भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























