शिवराजमा धार्मिक पर्यटनको नयाँ अध्याय: रुद्रपुर चोकमा भगवान लक्ष्मणको प्रतिमा स्थापना
कपुरी डेक्स ।
कपिलवस्तुको शिवराज नगरपालिका लाई धार्मिक सर्किटको रूपमा विकास गर्ने उद्देश्यसहित महत्वपूर्ण पहल सुरु गरिएको छ।
नगरप्रमुख अजय थापा ले सो योजनाअनुसार नगरको विभिन्न स्थानमा धार्मिक तथा ऐतिहासिक महत्वका प्रतिमा स्थापना गर्ने कार्य अघि बढाइएको जानकारी दिनुभएको छ।
यसै अभियानअन्तर्गत शिवराज नगरपालिका–७ रुद्रपुर चोकमा नागको प्रतिमा सहित भगवान लक्ष्मणको मूर्ति स्थापना गरिएको छ। प्रतिमाको अनावरण गर्दै नगरप्रमुख थापाले शिवराज क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण प्रचार-प्रसार र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ यस्तो कार्य सुरु गरिएको बताउनुभयो।
उहाँका अनुसार विशेषगरी लक्ष्मणसँग जोडिएको ऐतिहासिक तथा धार्मिक आस्थाको स्थल लक्ष्मणघाटलाई चिनाउने उद्देश्यले चोकमा भगवान लक्ष्मणको प्रतिमा राखिएको हो।
नगरप्रमुख थापाले आगामी दिनमा धार्मिक पर्यटनलाई थप विस्तार गर्ने योजना पनि सार्वजनिक गर्नुभयो। उहाँका अनुसार शिवराज नगरपालिका वडा नं. २ बालापुर मोडमा श्रीराम भक्त हनुमानको प्रतिमा स्थापना गरिनेछ भने हल्लानगर क्षेत्रमा गौतम बुद्धको प्रतिमा स्थापना गर्ने तयारी भइरहेको छ।
त्यसैगरी वडा नं. १ मा बनसुकि नागको प्रतिमा स्थापना गरिसकिएको उल्लेख गर्दै उहाँले यी सबै संरचनाले नगरलाई धार्मिक तथा पर्यटनको केन्द्रका रूपमा विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले लक्ष्मणघाट क्षेत्रको संरक्षण, विकास तथा प्रचारका लागि नगरपालिकाले विशेष योजना अघि बढाएको पनि जानकारी दिनुभयो। धार्मिक आस्थासँग जोडिएका यस्ता संरचनाले स्थानीय स्तरमा धार्मिक पर्यटनको सम्भावना बढाउनुका साथै आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ।
स्थानीयवासी मदन चौधरी (खुराना)ले प्रतिमा स्थापना भएपछि क्षेत्रको पहिचान अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार लामो समयदेखि ओझेलमा परेको रुद्रपुर चोकले अब नयाँ परिचय पाएको छ। प्रतिमासँगै धार्मिक वातावरण सिर्जना हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
स्थानीयहरूका अनुसार शिवराज क्षेत्र धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको ठाउँ हो। यदि योजनाबद्ध रूपमा विकास गरिएमा यहाँ धार्मिक पर्यटनको राम्रो गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरिएको छ।
नगरपालिकाले सुरु गरेको धार्मिक सर्किट निर्माण अभियान सफल भएमा शिवराजको पहिचान मात्र होइन स्थानीय अर्थतन्त्रमा समेत उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















